• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिङ्कनमा बाल मनोविज्ञान सम्बन्धी अभिभावक प्रशिक्षण तथा तीज विशेष कार्यक्रम


  •    संवाददाता/ शुक्रबार, भदौ ०६, २०८२  

  • झापाको बिर्तामोड-३ स्थित लिङ्कन मन्टेश्वरीले विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकहरूलाई लक्षित गरी एकदिने बाल मनोविज्ञान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    प्रशिक्षणमा सहभागी अभिभावकलाई बालबालिकाको मानसिक स्वास्थ्य, पढाइ-लेखाइमा देखिने चुनौती समाधानका उपाय, सकारात्मक सोच विकास र व्यवहारमैत्री वातावरण निर्माणका विषयमा विशेष जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईले बालबालिकाको समुचित विकासका लागि अभिभावक, शिक्षक र विद्यालयबीच त्रिपक्षीय सहकार्य आवश्यक हुने उल्लेख गर्दै यस किसिमका प्रशिक्षणहरूले बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक वातावरण बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रशिक्षक सोमाली मैनालीले अभिभावकलाई बालबालिकाको मनोवृत्ति, पढाइमा देखिने समस्या, व्यवहारगत परिवर्तन, मानसिक स्वास्थ्य, आत्मविश्वास विकास, घर र विद्यालयबीचको सहकार्य लगायतका विषयमा विस्तृत प्रशिक्षण दिएकी हुन् ।

    उनले बालबालिकालाई बुझ्न अभिभावक धैर्यवान् र सहजीकरणमा सक्षम हुनुपर्ने बताइन् ।

    उक्त अवसरमा विद्यालयका सञ्चालक सरोज पौडेलले बालबालिकाको सीप र क्षमता पहिचान गरी उनीहरूलाई उचित दिशामा अघि बढाउन अभिभावक र शिक्षकबीच निरन्तर समन्वय अपरिहार्य रहेको बताएकी छन् । उनले यस किसिमका कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।

    त्यसैगरी सोही अवसरमा विद्यालयले तीज विशेष कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले तीज गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

    त्यस्तै कार्यक्रममा शान्ति टोल विकास समितिको नवनिर्वाचित कार्यसमितिलाई विद्यालय परिवारतर्फबाट शुभकामना दिइएको थियो । समितिको सफल कार्यकालको कामना गर्दै विद्यालयले समुदायसँग सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाएको थियो ।

    उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक प्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.