निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) को केन्द्रिय समितिको निर्णयमा एक्यवद्धता जनाउँदै झापा जिल्लाका सबै स्थानीय तहका निजी विद्यालयहरुका स्कूल बसहरूले नगर परिक्रमा गरेका छन् ।
विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेसँगै शुक्रबार देशैभरका स्कूल बसहरूले आ-आफ्ना स्थानीय तहमा स्कुल बसहरु सडकमा उत्तारेर नगर परिक्रमा गरेका हुन् ।
जस अन्तरगत गौरीगञ्ज बजारबाट गौरीगञ्ज गाउँपालिका हुँदै खजुरगाछी बजार गौरीगञ्जको बुधबारे बजार त्रिमूर्ति चोक हुँदै गौरीगञ्ज चोकमा कोणसभा गरिएको र सडकमा १८ सवारी साधन उतारिएको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
गौरादय बजारबाट सुरु भएर नगरपालिका परिक्रमा गरी डिपोचोक हुँदै पेट्रोल पम्पबाट गौरादय बजारसम्म आएर र्यालीसहित २५ वटा स्कुल बसहरु सडकमा उतारिएको थियो ।
त्यसैगरी केर्खा बजार बाट सुरु भई कमल गाउँपालिका हुँदै क्याम्पा बजारबाट समयगढ बजारमा कोणसभा गरिएको र ३२ वटा सवारी साधन सडकमा उतारिएको थियो ।
बाह्रदर्शी गाउँपालिका वडा नम्बर ६ स्थित भ्यु टावर देखि सिमलचोक, फुलबारी, चकचकी हुँदै राजगढ बजार परिक्रमा गरी राजवंशी चोकमा कोणसभा गरिएको थियो ।
बिर्तामोडका निजी विद्यालयहरूले सैनिक मोडमा सवारी साधन जम्मा गराई बिर्तामोड मुक्ति चोक हुँदै महानन्द चोक बाट पूर्व माता मन्दिर हुँदै धर्मकाटा रोडबाट सिटी सेन्टर हुँदै पुन मुक्तिचोक आई चारपानेसम्म पुगी र्यालीमा सवारी साधन २०० भन्दा बढी गाडी सडकमा उतारिएको थियो ।
त्यसैगरी दमकका निजी विद्यालयहरूले दमक चोकबाट आकाश पुल हुँदै भिर्कुटी चोक हुँदै नगरपालिका परिक्रमा गरी बसपार्कसम्म जम्मा १५२ वटा सवारी साधन सडकमा उतारिएको थियो ।
त्यस्तै कन्काईका निजी विद्यालयहरूले सुरुङ्गा बजारबाट घैलाडुबासम्म ५७ सवारी साधन सडकमा उतारिएको थियो ।
त्यस्तै मेचीनगरका निजी विद्यालयहरूले बाहुनडाँगी बजारबाट धुलाबारी चारआली धाइजन हुँदै मेचीनगर नगरपालिका अगाडि कोणसभा गरी ६८ वटा सवारी साधन सडकमा उतारिएको थियो ।
त्यसैगरी भद्रपुरका निजी विद्यालयहरूले भद्रपुर वडा नं.१ सोमबारे चोकबाट सिडियो कार्यालय हुँदै लेखनाथ चोकसम्म ८५ वटा सवारी साधन र्यालीमा उतारिएको थियो ।
बुद्धशान्तिका निजी विद्यालयहरूले बुधबारे बजार परिक्रमा बुद्धशान्ति गाउँपालिका हुँदै पुलचोकमा आएर कोणसभा गरिएको थियो । उक्त विरोध कार्यक्रममा ३० वटा सवारी साधन सडकमा उतारिएको थियो ।
त्यसैगरी अर्जुनधारा नगरपालिका का निजी विद्यालयहरूले शनिश्चरे बजारबाट महानन्द चोक कप्तानबारी हुँदै ओमचोकबाट नगरपालिका परिक्रमा गरी शनिस्चरे बजारमा कोणसभा गरिएको थियोे । उक्त कार्यक्रममा ५८ वटा सवारी साधन सडकमा उतारिएको थियो ।
हल्दीबारीका निजी विद्यालयहरूले मङ्गलबारे चोकबाट हल्दीबारी गाउँपालिका हुँदै गोल्दाप हल्दीबारी र जलथलसम्म रेलीमा सहभागी १३ वटा सवारी साधनलाई सडकमा उतारिएको थियो।
त्यस्तै शिवसताक्षीका नगरपालिकाका निजी विद्यालयहरूले शिवगञ्ज बजार देखि दुधे बजार हुँदै शिवसताक्षी नगरपालिका अगाडि परिक्रमा गरी २० वटा सवारी साधनलाई सडकमा उतारिएको थियो ।
झापा गाउँपालिका कार्यालय अगाडि सवारी साधन भेला भएर गाउँपालिका तथा शिक्षा शाखाका प्रमुखहरूलाई शान्तिपूर्ण आन्दोलनको जानकारी दिँदै सवारी साधनलाई झापाबजार पन्थापारा राधा बस्ती पुरानो शरणामती शरणामति बाट पुन गाउँपालिकामा आई कोणसभा गरी उक्त कार्यक्रममा १९ वटा सवारी साधनलाई शान्तिपूर्ण आन्दोलनमा उतारिएको थियो ।







