कचनकवल गाउँपालिकाले वैज्ञानिक तथा समाजसेवी डा.महावीर पुनको अभियानमा साथ दिँदै ५० हजार रुपैयाँको पुस्तक खरिद गरेको छ ।
नेपालकै होचो भू-भागमा अवस्थित कचनकवल गाउँपालिकामा सोमबार आयोजित विशेष कार्यक्रममा पालिकाले डा.पुनलाई स्वागत तथा सम्मान गरेको थियो ।
उक्त अवसरमा पालिकाबाट ६६ थान पुस्तक खरिद गरी उनको अभियानलाई सहयोग गरिएको हो ।
Advertisement
गाउँपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, अन्य जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र स्थानीयवासीको उपस्थिति रहेको थियो ।
डा.पुनले कचनकवल गाउँपालिकाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै शिक्षा र अनुसन्धानको विकासका लागि पुस्तकजस्ता स्रोतमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।







