भूतपूर्व विद्यार्थी समाज महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्तामोडका सदस्य कमलराज विमलीले ४ जिपिए ल्याउने विद्यार्थीलाई साइकल प्रदान गरेका छन् ।
झापाको बिर्तामोडस्थित महेन्द्र रत्न माविमा कक्षा-८ बाट ४ जिपिए प्राप्त गर्ने विद्यार्थी पुज्यता सुवेदीलाई विमलीले साइकल हस्तान्तरण गरेका हुन् ।
विमलीले विद्यालय आउन जाँदा सहजता होस् भन्ने उद्देश्यले पुज्यतालाई साइकल हस्तान्तरण गरेको बताए ।
Advertisement
यसैबीच विद्यालयले सिङ्गो भुतपुर्व विद्यार्थी समाज कार्यसमितिलाई धन्यवाद व्यक्त गरेको छ ।







