प्याब्सन बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिकाका शिक्षा अधिकृत लासाङ तामाङलाई एक समारोहका बीच सम्मान गरेको छ ।
हालै मात्र सातौं तहबाट आठौं तहमा पदोन्नति भएका तामाङलाई शिक्षा क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै दोसल्ला ओढाइ प्रशंसापत्रसहित सम्मान गरिएको हो ।
प्याब्सन बिर्तामोड नगर कमिटीका अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षता भएको कार्यक्रममा नगरका विभिन्न निजी विद्यालयका सञ्चालक, शिक्षक, शिक्षा क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको नगर सह-कोषाध्यक्ष दिपक चौलागाईंले जानकारी दिए ।
कार्यक्रममा जिल्ला कमिटी बरिष्ट उपाध्यक्ष एच.के पाठक ,सदस्य देबेन्द्र हुमागाई,पुर्व अध्यक्ष उत्तम खनाल लगायतले अधिकृत तामाङको सक्रियता, इमान्दारिता र नेतृत्व क्षमताको प्रशंसा गर्दै बिर्तामोड नगरपालिकाको शैक्षिक क्षेत्रमा उनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताएका थिए ।
सम्मान ग्रहण गर्दै शिक्षा अधिकृत लासाङ तामाङले प्याब्सनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समावेशी, गुणस्तरीय र उत्तरदायी शिक्षा प्रवद्र्धनका लागि आफू प्रतिबद्ध रहने बताए ।







