झापाको बिर्तामोड नगरपालिका-७ स्थित कन्चन इङ्ग्लिस बोर्डिङ स्कूलले राष्ट्रिय आविष्कार केन्द्रलाई ३१ हजार रूपैयाँ सहयोग गरेको छ ।
वीरगञ्ज कृषि औजार कारखाना पुन: सञ्चालन गर्न डा.महावीर पुनले सञ्चालन गरेको आत्मकथा पुस्तक बिक्री अभियानअन्तर्गत सहयोग प्रदान गरिएको हो ।
विद्यालयका सञ्चालक डिल्लीराम चौलागाईंले विद्यालयमा उपस्थित विद्यार्थी, अभिभावक, शिक्षक लगायतले ३१ हजार रूपैयाँ बराबरको पुस्तक खरिद गरी राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिएको जानकारी दिए ।
Advertisement
डा. पुनको पुस्तक बिक्री अभियानमार्फत किसानका लागि कृषि औजार उत्पादन गर्ने वीरगञ्ज कारखाना सञ्चालनमा ल्याउन रकम संकलन भइरहेको छ ।







