एसईईमा उत्कृष्ट नतिजासहित अलमाइटी आइडियल मोडर्न स्कुल नेपालमै प्रथम भएको छ ।
एसईई परीक्षा २०८१ को नतिजाको औसत जीपीएका आधारमा गोकर्णेश्वर नगरपालिका वडा नं.७ स्थित अलमाइटी आइडियल मोडर्न स्कुल नेपालकै नं १ बन्न पुगेको हो । 
उक्त विद्यालयले प्राप्त गरेको औसत जीपीए ३.९५ रहेको छ । सो जीपीए नेपालभरिका सबै विद्यालयहरूको जीपीएहरूमध्ये सबैभन्दा उच्च जीपीए हो ।
उक्त विद्यालयबाट १५ जना विद्यार्थीले परीक्षा दिएकामा पाँच जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छने भने पाँच जना विद्यार्थीको ३.९५, एकजना विद्यार्थीको ३.९१, तीनजना विद्यार्थीको ३.९० र एकजना विद्यार्थीको ३.८७ जीपीए आएको छ ।
अलमाइटी आइडियल मोडर्न स्कुलले पछिल्लो समयमा आफूलाई व्यापक सुधार गरी देशकै उत्कृष्ट साबित गर्न हर तरहले प्रयास गर्दै आएको देखिएको छ । आफ्नो भौतिक संरचनाको सुधार गरेपछि यस विद्यालयले पढाइका साथमा अतिरिक्त क्रियाकलाप र खेलकुदमा समेत उत्तिकै महत्त्व दिएर आफ्ना क्रियाकलाप अगाडि बढाउँदै आएको छ ।







