नेपाली राष्ट्रिय महिला फुटबल टिम सोमबार बिहान स्वदेश फर्किएको छ ।
एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज बिहान स्वदेश फर्किएको हो ।
नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।
Advertisement
उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह ‘एफ’मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो ।







