• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सफलताको पर्याय बन्दै निदि मावि: खचाखच विद्यार्थी, उत्कृष्ट नतिजा


  •    संवाददाता/ आइतबार, असार २२, २०८२  

  • एकदशकअघि २०७० सालमा जब बिर्तामोड नगरपालिका-२ राम चोकमा निदि सेकेन्डरी स्कुल सुरु भयो, नर्सरीदेखि कक्षा ९ सम्म २१० जना विद्यार्थी थिए । तर केवल दश वर्षको अवधिमा यस शैक्षिक संस्थाले लोभलाग्दो छलाङ मारेको छ । आज त्यही निदि स्कुल र इन्द्रेणी क्याम्पसले एउटै छानामुनि २९०० भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षाको ज्योति प्रदान गर्दै पूर्वकै एक अग्रणी शैक्षिक गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ ।

    विद्यालय स्थापना हुँदा विद्यार्थी संख्या कसरी बढाउने भन्ने चिन्तामा रहेको व्यवस्थापन, आज भर्ना भएका हजारौँ विद्यार्थीको सिकाई र बसाईलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय कसरी बनाउने भन्ने ‘सुखद चिन्ता’मा केन्द्रित छ । ‘हाम्रो पहिलो प्राथमिकता विद्यार्थी संख्या बढाउनु थियो, अहिले हाम्रो एकमात्र ध्येय उनीहरूको भविष्य सुनिश्चित गर्नु हो’, विद्यालयका दूरदर्शी प्रधानाध्यापक रञ्जित साहले भने ।

    Advertisement

    सफलताको आधार

    Advertisement

    निदि स्कूलप्रति विद्यार्थी र अभिभावकको यो अपार आकर्षण रातारात सम्भव भएको होइन । यसका पछाडि स्पष्ट रणनीति र अथक मिहिनेत रहेको प्रधानाध्यापक साह बताउँछन् । उनका शब्दमा गुणस्तरीय शिक्षा पहिलो शर्त र प्राथमिकता हो । विद्यालयले कहिल्यै पनि शिक्षाको गुणस्तरमा सम्झौता गरेन । योग्य र अनुभवी शिक्षकहरूबाट प्रदान गरिने शिक्षा नै निधिको पहिलो पहिचान भएको छ ।

    यहाँका शिक्षक-शिक्षिका स्थायी जस्तै छन् । आज आउने र भोलि छोड्ने शैक्षिक प्रवृत्तिबाट आफूहरु टाढा रहेको प्रधानाध्यापक साह सुनाउँछन् । जसकारण शिक्षण विधिमा एकरूपता र विद्यार्थीसँग गहिरो सम्बन्ध स्थापित भएको छ । यसले विद्यार्थीको सिकाईलाई प्रत्यक्ष रूपमा सघाएको छ ।

    मध्यम शुल्क निदिको आकर्षक विशेषता हो । गुणस्तरीय शिक्षालाई सबैको पहुँचमा पु¥याउने उद्देश्यले विद्यालयले मध्यमस्तरको शुल्क निर्धारण गरेको छ, जसले गर्दा ठूलो संख्यामा अभिभावकहरू आकर्षित भएका छन् ।

    अभिभावक-विद्यालय समन्वय पनि राम्रो छ । विद्यालयले नियमित रूपमा अभिभावकसँग परामर्श र समन्वय गर्दछ । यस त्रिपक्षीय (विद्यार्थी-शिक्षक-अभिभावक) सम्बन्धले विद्यार्थीको शैक्षिक नतिजालाई उत्कृष्ट बनाउन मद्दत गरेको छ । गतवर्ष कक्षा १२ को परीक्षामा ९० प्रतिशत उत्तीर्ण दर थियो । ३५ जना विद्यार्थीले ‘ए प्लस’ ल्याउनु यसैको प्रमाण हो ।

    नर्सरीदेखि स्नातक तहसम्म एउटै छानामुनि

    दुईवटा सेक्सनबाट सुरु भएको विद्यालयमा अहिले विद्यार्थी संख्या बढेर पाँचवटासम्म सेक्सन सञ्चालनमा छन । कक्षा ११ र १२ मा विज्ञान संकायमा ४००, व्यवस्थापनमा ७०० र होटल म्यानेजमेन्टमा ४०० विद्यार्थी अध्ययनरत छन् । यति मात्र होइन, स्नातक तहतर्फ ‘बीबीएस’ कार्यक्रममा पनि ४०० भन्दाबढी विद्यार्थीले निदिमै आफ्नो उच्च शिक्षाको यात्रा अगाडि बढाइरहेका छन् । विद्यार्थी संख्याको आधारमा निदि साविक मेची अञ्चलका चार जिल्लामध्येकै सबैभन्दा ठूलो संस्थागत विद्यालय बन्न सफल भएको छ ।

    प्रविधिमैत्री पूर्वाधार र व्यावहारिक शिक्षा

    निदिले आफूलाई प्रविधिमैत्री विद्यालयको रूपमा पनि चिनाएको छ । यहाँको विज्ञान प्रयोगशाला अत्यन्तै सुविधायुक्त छ, जहाँ कुनै पनि विद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि पालो कुर्नु पर्दैन । स्मार्ट शिक्षण विधि, डिजिटल कक्षाकोठाहरू र विद्यार्थी-केन्द्रित सिकाई अभ्यासले निधिलाई आधुनिक बनाएको छ । जिल्लाका विभिन्न कुनाबाट आउने विद्यार्थीको सहजताका लागि १८ वटा बस सञ्चालनमा छन् । प्राध्यापकहरूको एक सबल समूहले सञ्चालन गरेको यो विद्यालयसँग साढे आठ कट्ठा आफ्नो र दुई बिघा लिजमा लिएको जग्गाले यसको दिगो भविष्यको संकेत गर्दछ ।

    पढाईमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि अब्बल

    निदिले विद्यार्थीको चौतर्फी विकासमा जोड दिँदै आएको छ । यहाँका विद्यार्थी पढाईमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल देखिएका छन् । हिसानले आयोजना गरेको जिल्लास्तरीय खेलकुद प्रतियोगितामा दोस्रो स्थान निदिले हासिल गरेको थियो । प्रदेशस्तरीय खेलकुदमा निदिका विद्यार्थी प्रथम भएका थिए ।

    हालै काठमाडौँ विश्वविद्यालयको ल स्कूलले आयोजना गरेको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा निधिकी छात्रा कृतिका आचार्य नेपाल प्रथम भई विद्यालयको गौरव बढाएकी छिन् । यी उपलब्धिहरूले निदिले किताबी ज्ञानका साथै विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका खेलेको प्रमाणित गर्छ । गुणस्तर, पहुँच र समग्र विकासको त्रिवेणी बनेको निदि सेकेन्डरी स्कुल/इन्द्रेणी क्याम्पस आज झापामा मात्र नभई प्रदेशका लागि एक अनुकरणीय शैक्षिक धरोहरको रूपमा उभिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.