• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दीबारी पूर्ण साक्षरता पालिका घोषणा


  •    संवाददाता/ शुक्रबार, असार २०, २०८२  

  • झापाको हल्दीबारी गाउँपालिकाले पूर्ण साक्षरता पालिका घोषणा गरेको छ ।

    झापाका १५ वटा पालिका मध्ये पूर्ण साक्षरता पालिका घोषणा गर्ने पहिलो पालिका हल्दीबारी बनेको हो ।

    Advertisement

    पालिकाको कार्यालयमा आज पूर्ण साक्षरता पालिका घोषणासहित चारवटा कार्यक्रम भएका छन् । पालिकाले पूर्ण साक्षरता पालिका घोषणासहित गाउँ शिक्षा योजनाको सार्वजनिकिकरण, पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा र शैक्षिक सत्र २०८१ को एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

    Advertisement

    २०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका ३२ जना विद्यार्थीलाई नगद, प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

    हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो ।

    प्रमुख अतिथि सांसद लिङ्देनले कार्यक्रमलाई सम्बोधन गर्दै सवैभन्दा वढी प्राथमिकता दिने क्षेत्र शिक्षा र स्वास्थ्य रहेको बताए ।

    प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वडा नं.२ की कार्यवहाक वडाध्यक्ष रचना कुलुङले शुभकामना मन्तव्य राखेकी थिइन् ।

    पालिकाका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले पालिको स्वास्थ्यका बिषयमा जानकारी गराएको कार्यक्रममा शिक्षा शाखा प्रमुख जनककुमारी राईले पालिकाको शिक्षाका बारेमा जानकारी गराएकी थिइन् ।

    उक्त कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पालिकाका कर्मचारीलगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पालिकाका योजना शाखा प्रमुख राजन न्यौपाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.