• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्स एजुकेसन एकाडेमी: शैक्षिक प्रतिष्ठानमा उत्कृष्टताको कीर्तिमान


  •    संवाददाता/ बिहिबार, असार १९, २०८२  

  • व्यक्ति मरेर जान्छ, तर उसको विचार र उसले स्थापना गरेको संस्था अमर रहन्छ । झापाका अग्रज शिक्षासेवी स्वर्गीय हरिकुमार प्रसाईंको भौतिक शरीर आज हामीमाझ छैन । तर, उनले रोपेकाे ज्ञानको बीज ‘न्युटन्स एजुकेसन एकेडेमी’ आज एउटा विशाल वृक्ष बनेको छ, जसको छहारीमा हजारौँ विद्यार्थीले आफ्नो भविष्य सुनिश्चित गरिरहेका छन् ।

    २०६० सालमा गुणस्तरीय शिक्षाको ज्योति छर्ने पवित्र उद्देश्यका साथ उनले स्थापना गरेको न्युटन्स, आज उनकै अवधारणामा झापाको शैक्षिक उत्कृष्टताको पर्याय बनेको छ । ‘न्युटन्समा उत्पादित जनशक्ति विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो खुट्टामा उभिन सकोस्’, संस्थापक प्रसाईंको यही दृढ अठोटलाई विद्यालयले आफ्नो मूल मन्त्र बनाएको छ ।

    Advertisement

    न्युटन्सका प्रिन्सिपल देवेन्द्र हुमागाईं भावुक हुँदै भन्छन्, ‘हरि सरको भौतिक शरीर हामीसँग छैन । तर, उहाँको आत्मा र विचार यहीँ कतै हामीमाझ छ । संस्था समाजको गहना, ऐना र सम्पत्ति हो भन्ने उहाँको विश्वास आज यथार्थमा परिणत भएको छ । हरि सर र धर्मा पराजुली म्यामले खन्नु भएको बलियो जगमा उभिएर न्युटन्स आम समुदायको सम्पत्ति बनेको छ ।’

    Advertisement

    एसईईमा उत्कृष्टताको निरन्तरता: यस वर्ष पनि ऐतिहासिक नतिजा

    आफ्नो स्थापनादेखिकै उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै न्युटन्सले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि शानदार नतिजा हासिल गरेको छ । एसईईमा औषत जीपीए ३:९५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

    एसईई परीक्षामा सहभागी १०२ जना विद्यार्थी मध्येबाट ३.६ देखि ४.० जीपीए (A+)३५ जना, ३.२ देखि ३.६ जीपीए (A) ३५ जना, २.८ देखि ३.२ जीपीए (B+) २५ जना र २.४ देखि २.८ जीपीए (B) ७ जनाले ल्याएका छन् ।

    कक्षा ११ र १२: विद्यार्थी र अभिभावकको पहिलो रोजाई

    २०६६ सालदेखि कक्षा ११ र १२ को पठनपाठन सुरु गरेको न्युटन्स आज विज्ञान र व्यवस्थापन संकायमा यस क्षेत्रकै अग्रणी शैक्षिक गन्तव्य बनेको छ ।

    किन छ न्युटन्समा आकर्षण?

    प्लस टु इन्चार्ज केवल सापकोटाका अनुसार न्युटन्सको सफलताका पछाडि बहुआयामिक कारणहरू छन् । पहिलो कारण अनुशासन र उचित अनुगमन हाे । ‘जति विद्यार्थी आउँछन्, त्यति नै भर्ना लिने हो भने गुणस्तर कायम रहँदैन’, सापकोटा भन्छन्, ‘हामी सीमित सिटमा विद्यार्थी भर्ना गर्छौं ताकि प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रूपमा निगरानी गर्न सकियोस् ।’ अनुशासन पालनामा विद्यालय कठोर छ, जसले विद्यार्थीलाई सही मार्गमा डोऱ्याउँछ ।
    दोस्रो कारण उत्कृष्ट शिक्षक समूह (Best Teaching Faculty) हाे । न्युटन्सले यस क्षेत्रकै उत्कृष्ट र अनुभवी शिक्षकलाई एउटै छानामुनि जम्मा गरेको छ ।

    विज्ञान संकायअन्तर्गत रसायनशास्त्रमा राजेन्द्र राजवंशी र रविन अधिकारी, भौतिकशास्त्रमा अमरेन्द्र मिश्र र लक्ष्मण गुरुङ तथा जीवविज्ञानमा मनोज शर्मा र साेमिका पाठक जस्ता दक्ष शिक्षकको मेहनतले विद्यार्थीको सिकाईलाई सहज र प्रभावकारी बनाएको छ । व्यवस्थापन संकायमा पनि अनुभवी शिक्षकद्वारा सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोडेर पढाइन्छ ।

    तेस्रो कारण अत्याधुनिक पूर्वाधार र प्रविधि हाे । विज्ञानका विद्यार्थीका लागि यहाँका प्रयोगशाला वरदान हुन् । कुनै विद्यार्थीले पालो कुर्नु पर्दैन । आवश्यक सबै उपकरण र रसायन सहजै उपलब्ध छन् । ‘सबै ल्याबहरू पूर्ण रूपमा अद्यावधिक छन्’, सापकोटा थप्छन् । पूर्वाधारका हिसाबले यहाँ उत्कृष्ट कक्षाहरू छन् । शिक्षण अभ्यासमा समेत प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिन्छ । विज्ञान तथा व्यवस्थापन संकायमा ३६ जनाको सानो समूहमा कक्षा सञ्चालन गरिन्छ, ताकि सिकाई प्रभावकारी बनोस् ।

    चौथो कारण व्यावहारिक र प्रयोगात्मक शिक्षामा दिइएको जोड हो । प्रयोगात्मक अभ्यास यहाँ दैनिक तालिकाको एक अभिन्न अंग हो । शिक्षण पद्धतिमा नवीनतम प्रविधिको प्रयोगले सिकाईलाई रोचक र प्रभावकारी बनाउँछ । न्युटन्सले किताबी ज्ञानलाई मात्र सीमित राख्दैन । विज्ञान संकायमा हरेक दिन प्रयोगात्मक अभ्यास हुन्छ भने व्यवस्थापन संकायका विद्यार्थीलाई बैंक, वित्तीय संस्था तथा औद्योगिक क्षेत्रको भ्रमण गराई प्रत्यक्ष अनुभव दिलाइन्छ । अवलोकन भ्रमणले कक्षाकोठाको ज्ञान वास्तविक संसारसँग जोडिन्छ । न्युटन्सको जोड सैद्धान्तिक ज्ञान मात्र होइन, जीवनोपयोगी सीप निर्माणमा छ । दुवै संकायका विद्यार्थीले अतिरिक्त कक्षाको अवसर समेत प्राप्त गर्छन् ।

    पाँचौं कारण न्युटन्सको पूर्ण शैक्षिक प्याकेजलाई लिन सकिन्छ । न्युटन्सका विद्यार्थीले पुस्तकालयको अनिवार्य प्रयोग गर्नु पर्छ । कोर्षका किताबभन्दा बाहिरकाे ज्ञानका लागि विद्यार्थीले अनिवार्य रूपमा पुस्तकालयमा समय बिताउनु पर्ने नियम छ । विद्यार्थीकाे स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयमा छुट्टै नर्सिङ स्टाफ सहितको ‘हेल्थ चेकअप क्लिनिक’ को व्यवस्था छ । अतिरिक्त क्रियाकलापले पनि विद्यार्थीलाई न्युटन्सको छानामुनि आउन प्रेरित गरिरहेको छ । नृत्य, एङ्करिङ, कराँते, संगीत, चित्रकलादेखि फुटबल, क्रिकेट, बास्केटबलसम्मका खेलकुदका लागि आफ्नै फराकिलो मैदान र दक्ष प्रशिक्षकको व्यवस्था छ । आफ्नो रुचि अनुसार विद्यार्थी विभिन्न विषयमा समावेश हुन्छन् ।

    अभिभावकको विश्वास र सफल उत्पादन

    ‘बाहिर पठाउँदा छोराछोरी कुलतमा फस्ने हुन् कि भन्ने चिन्ताले धेरै अभिभावक आफ्नै आँखा अगाडि, न्युटन्सको प्रत्यक्ष निगरानीमा पढाउन चाहनुहुन्छ’, प्रिन्सिपल हुमागाईं भन्छन् । विद्यालयका ६० प्रतिशत भन्दाबढी विद्यार्थी एसईईपछि यहीँ +२ मा भर्ना हुन्छन् । यो विश्वासको प्रतिफल पनि उत्तिकै लोभलाग्दो छ ।

    प्रिन्सिपल हुमागाईंका अनुसार,’अहिले बिर्तामोडमा मात्रै न्युटन्स पढेका २१ जना डाक्टर सेवा गरिरहेका छन् । देश-विदेशका विभिन्न क्षेत्रमा हाम्रा उत्पादनले आफ्नो क्षमता र कौशल देखाइरहेका छन् ।’

    आज न्युटन्समा साढे १८ सय विद्यार्थी अध्ययनरत छन् भने १६५ जना शिक्षक-कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । वार्षिक २०० भन्दाबढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । संस्थापक हरिकुमार प्रसाईंको स्मृतिमा चार जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिइएको छ । बिर्तामोडको एउटा उत्कृष्ट शैक्षिक प्रतिष्ठान बनेको न्युटन्स हजारौं विद्यार्थीको भविष्य कोर्ने एउटा दरिलो मञ्च हो, जसले हरेक वर्ष सफलताका नयाँ अध्याय कोर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.