• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

साम्बाको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित


  •    संवाददाता/ बुधबार, असार १८, २०८२  

  • कप्तान सावित्रा भण्डारी(साम्बा)को ह्याट्रिकप्रेरित नेपालले एएफसी महिला एसियन कप छनोट खेलमा लगातार दोस्रो जित निकालेको छ ।

    आज भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध ८–० को जित निकालेको हो ।

    Advertisement

    बुधबार उज्वेकिस्तानको सम्पन्न खेलमा नेपालकी कप्तान सावित्राले ह्याट्रिक गरिन् भने गीता रानाले दुई गोल गर्दा निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक गोल थपेका थिए ।

    Advertisement

    खेलको आठौँ मिनेटमा गीताको गोलमा नेपालले अग्रता बनाएको थियो । जसलाई २०औँ मिनेटमा सावित्राले दोब्बर बनाइन् । यस्तै ४२औँ मिनेटमा सावित्राले नै गोल गरेपछि नेपालले अग्रतालाई ३-० मा पुर्‍याएको थियो । ४५औँ मिनेटमा सावित्राले ह्याट्रिक गरेपछि नेपालले पहिलो हाफमै ४-० को अग्रता बनाएको हो ।

    ५४औँ मिनेटमा नेपालले पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गरिन् । श्रीलंकन रक्षकले रश्मीकुमारी घिसिङमाथि १८ यार्ड बक्समा फाउल गर्दा नेपालले पेनाल्टी पाएको थियो । जसलाई गीताले सहजै जाली चुमाइन् ।

    ६२औँ मिनेटमा निशा थोकरको गोलमा नेपालले अग्रतालाई ६-० मा पुर्‍यायो । ७८औँ मिनेटमा रेखाले गोल गर्दै नेपालको यो अग्रतालाई ७-० मा राखिन् । खेलको निर्धारित समय सकिन लाग्दा पुजाले गोल गरेपछि नेपाल खेलमा ८-० अघि रहेको हो ।

    प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा लाओसविरुद्ध ९-० को जित निकालेको थियो । प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपाल, श्रीलंका, लाओस र उज्वेकिस्तान छन् । समूहबाट शीर्ष स्थान हासिल गर्ने टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.