• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

होटल म्यानेजमेन्टमा आदर्शको ‘प्रयोगात्मक मोडेल’: किताबदेखि किचनसम्म, कक्षादेखि प्रदेश च्याम्पियनसम्म


  •    संवाददाता/ आइतबार, असार १५, २०८२  

  • बिर्तामोडमा वि.सं.२०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब बिर्तामोडमा होटल म्यानेजमेन्टको ब्लक सुरु गर्‍यो, त्यतिबेला विद्यार्थीको संख्या चानचुन ८० थियो । तर आज ‘आदर्श स्कुल अफ म्यानेजमेन्ट’ को नाममा पहिचान बनाएको यही संस्था विद्यार्थी र अभिभावकको रोजाइको केन्द्र बनेको छ, जहाँ ४०० भन्दा बढी विद्यार्थी आफ्नो भविष्य कोरिरहेका छन् । यो आकर्षणको पछाडि कुनै जादु छैन, बरु प्रयोगात्मक र गुणस्तरीय शिक्षाप्रतिको अटुट प्रतिबद्धता छ ।

    आदर्शले केवल पाठ्यक्रम मात्र पढाउँदैन, विद्यार्थीलाई सीप र आत्मविश्वासले सुसज्जित गराउँछ । यहाँ कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले किताबी ज्ञानलाई वास्तविक जीवनमा उतार्ने अनगिन्ती अवसर पाउँछन् ।

    Advertisement

    खुसी, गुणस्तर र लगनशीलता सफलताको त्रिपक्षीय सूत्र आदर्शको सफलताको रहस्य के हो? प्रबन्ध निर्देशक सञ्जोग खरेल यसको सूत्र खोल्छन् । ‘हाम्रो सफलताको आधार तीनवटा ‘खुसी’ मा टिकेको छ । पहिलो, गुणस्तरीय शिक्षाले ढुक्क भएका खुसी अभिभावक । दोस्रो, आफ्नो सपना साकार पार्न पाएका खुसी विद्यार्थी र तेस्रो, लगनशील र सम्मानित महसुस गर्ने खुसी शिक्षक । यो त्रिपक्षीय सम्बन्ध नै हाम्रो शक्तिको स्रोत हो ।’

    Advertisement

    यो दर्शनले शैक्षिक नतिजामा पनि आफूलाई प्रमाणित गरेको छ । विद्यालयको औसत नतिजा ९० प्रतिशतभन्दा माथि छ भने हिसानले आयोजना गरेको परीक्षामा छात्रा सन्ध्या गुरुङ झापा टपर बनेकी थिइन्, जसले आदर्शका विद्यार्थीको प्रतिस्पर्धी क्षमतालाई स्पष्ट पार्छ ।

    विद्यालयले अभिभावकलाई दर्शक होइन, साझेदार मान्छ । उनीहरूका लागि नियमित रूपमा ‘हेल्थ जागरण, ‘कुकिङ तालिम’ र विभिन्न सांस्कृतिक अवसरमा प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिन्छ । यसले अभिभावकलाई विद्यालयको गतिविधिमा जोड्ने मात्र होइन, आफ्ना छोराछोरीको सिकाई प्रक्रियालाई नजिकबाट बुझ्न र प्रेरित गर्न मद्दत पुर्‍याएको छ ।

    नेपालकै ठूलो ल्याबदेखि ‘एम्बेसडर क्याफे’सम्म गरेर सिक्ने अवधारणालाई चरितार्थ गर्न आदर्शले प्लस टु तहमा नेपालकै सबैभन्दा ठूलो र सुविधायुक्त ल्याब सञ्चालन गरेको छ । यहाँ विद्यार्थीले ‘फुड प्रोडक्सन’ देखिफ्रन्ट ‘अफिस म्यानेजमेन्ट’ सम्मका हरेक पक्षलाई व्यवहारिक रूपमा सिक्छन् । उनीहरू होमस्टेदेखि पाँचतारे होटलसम्म पुगेर त्यहाँको सत्कार शैली, व्यवस्थापन र खानपानको प्रत्यक्ष अनुभव लिन्छन् ।

    यहाँ विद्यार्थीले होटल म्यानेजमेन्टका मुख्य चार आधारस्तम्भहरू फुड प्रोडक्सन (पाक कला), फुड एन्ड बेभरेज सर्भिस, फ्रन्ट अफिस म्यानेजमेन्ट र हाउसकिपिङको गहिरो व्यवहारिक ज्ञान हासिल गर्छन् । उनीहरूले आकर्षक ककटेल-मकटेल बनाउने ‘मिक्सोलोजी’ देखि कफी बनाउने ‘बारिस्ता’ कला, बेकरी र पेस्ट्रीका सीपहरू कक्षाकोठाभित्रै सिक्छन् ।

    यति मात्र होइन, विद्यार्थीको उद्यमशीलता विकास गर्न कलेज परिसरमै ‘एम्बेसडर क्याफे’ सञ्चालनमा छ । विद्यार्थीहरूले आलोपालो प्रणालीमा आफ्नै परिकार बनाएर बेच्छन्, जसले उनीहरूलाई भोलि आफैँ उद्यमी बन्न मार्गनिर्देश गर्छ ।

    नेतृत्व विकासको पाठशाला ‘आदर्श एम्बेसडर क्लब’ विद्यार्थीमा सृजनशीलता र नेतृत्व क्षमता विकास गर्न ‘आदर्श एम्बेसडर क्लब’ एक सशक्त मञ्च बनेको छ । यो क्लबले पर्यटन दिवस जस्ता अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने, सामाजिक उत्तरदायित्वका अभियानमा नेतृत्व लिने र सचेतना फैलाउने काम गर्छ ।

    सिकाइ कक्षाकोठा बाहिर खेलकुद, संस्कृति र सामाजिक उत्तरदायित्व आदर्शको शिक्षा चार दिवारमा सीमित छैन । यहाँका विद्यार्थी खेलकुदमा पनि अब्बल छन् । हिसानले आयोजना गरेको फुटबलमा प्रदेश च्याम्पियन बन्नु र भलिबलमा कोशी प्रदेशमा दोस्रो हुनुले यसलाई पुष्टि गर्छ । विद्यालयले व्यावसायिक प्रशिक्षक राखेरै खेलकुदमा विद्यार्थीको रुचि जगाइरहेको छ ।

    स्थानीय संस्कृति र रैथाने परिकारको प्रवर्द्धनमा पनि विद्यार्थीलाई सक्रिय गराइन्छ । राजवंशी समुदायको ‘राष्ट्रिय भाक्का दिवस’ जस्ता ठूला कार्यक्रममा सर्भिस र व्यवस्थापनको जिम्मा यहाँका विद्यार्थीले कुशलतापूर्वक सम्हाल्छन् । ‘जब हाम्रा विद्यार्थी आफैँले जातीय परम्परा र संस्कृति प्रवर्द्धन गर्न भ्लग बनाउँछन् वा स्थानीय कार्यक्रममा सक्रिय हुन्छन्, हामीलाई गर्व महसुस हुन्छ । उनीहरू क्षमतावान, अब्बल र प्रतिस्पर्धी छन् भन्नेमा हामी ढुक्क छौँ ।’ आदर्श स्कुल अफ म्यानेजमेन्टका जनसम्पर्क अधिकारी दीपक दासले भने ।

    आदर्श स्कुल अफ म्यानेजमेन्ट सामाजिक उत्तरदायित्वलाई आफ्नो अभिन्न अंग मान्ने आदर्शले सीमान्तकृत सन्थाल र राजवंशी समुदायका विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गरेको छ । नि:शुल्क बारिस्ता तालिमदेखि वृद्धाश्रममा सेवा गर्नेसम्मका काममा विद्यार्थीको सक्रियताले उनीहरूमा मानवीय मूल्य र सेवाभाव जगाएको छ ।

    सुनिश्चित भविष्यको आधार आदर्शमा पढेका विद्यार्थीले आधारभूत रोजगारीको ग्यारेन्टीसहितको सीप पाउँछन् । बिहान साढे ६ बजेदेखि १० बजेसम्म चल्ने कक्षाका अलावा दैनिक करिब दुई घण्टा अतिरिक्त प्रयोगात्मक कक्षा र नि:शुल्क कोचिङले उनीहरूको दक्षतालाई तिखार्छ । यही कारण आज यहाँका उत्पादनहरू देश-विदेशका चार-पाँचतारे होटल र प्रतिष्ठित रेस्टुरेन्टमा सफलतापूर्वक काम गरिरहेका छन् ।

    झापा, मोरङ, सुनसरीदेखि इलाम, पाँचथर र ताप्लेजुङसम्मका विद्यार्थीको आकर्षणको केन्द्र बनेको आदर्श स्कुल अफ म्यानेजमेन्ट, यज्ञराज कणरिया र प्रवेश खनाल जस्ता युवाहरूको सशक्त व्यवस्थापनमा, दक्ष जनशक्ति उत्पादन गर्ने राष्ट्रिय अभियानमा एक बलियो खम्बा बनेर उभिएको छ । शान्त वातावरणमा अवस्थित विद्यालयमा मिनी भलिवल स्टेडियम, यातायातको सुविधा व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.