• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका विद्यालयमा ट्राफिक सचेतना शिक्षा कार्यक्रम


  •    संवाददाता/ आइतबार, असार १५, २०८२  

  • चालू आर्थिक वर्ष सवारी दुर्घटनामा परी झापामा ८३ जनाले ज्यान गुमाए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा १७ सय बढी सवारी दुर्घटना हुँदा ८३ जनाको मृत्यु भएको हो ।

    सवारी दुर्घटनामा परी मृत्यु हुने अधिकांश मोटरसाइकल चालक रहेका छन् । दुर्घटनामा १५ देखि ४० वर्ष उमेर समूहका धेरैले ज्यान गुमाएसँगै सवारी दुर्घटना रोक्न झापामा विद्यार्थी केन्द्रीत कार्यक्रम सुरु भएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने मुख्य उद्देश्यले बिर्तामोड नगरपालिकाले नगरमा सञ्चालित सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा एकैसाथ ट्राफिक सचेतना शिक्षा कार्यक्रम अघि बढाएको हो ।

    Advertisement

    ट्राफिक सचेतना र सडक सुरक्षा सम्बन्धि बिद्यार्थीलाई जानकारी दिने उद्देश्यले शनिवार नगरका सबै विद्यालयका प्रधानाध्यापक तथा सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई प्रशिक्षण प्रदान गर्दै बिर्तामोडका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अनिवार्य रुपमा ट्राफिक शिक्षा प्रदान गर्नु पर्ने जनाइएको छ ।

    Advertisement

    बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहकार्यमा अन्तु मिडिया प्रा.लि.ले कार्यक्रम आयोजना गरेको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सबै विद्यालयमा विद्यार्थीलाई अनिवार्य रुपमा ट्राफिक सचेतना र सडक सुरक्षाका विषयमा जानकारी दिनु पर्ने बताए ।

    शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तीलचन भण्डारीले स्थानीय पाठ्यक्रममा पनि ट्राफिक सचेतना शिक्षा उल्लेख भएको र पाठ्यक्रममा नै समावेश उक्त विषयलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा हरेक विद्यालयमा ट्राफिक सचेतना शिक्षा अनिवार्य प्रदान गर्नु पर्ने धारणा राखे । उनले त्यसका लागि आवश्यक परे नगरपालिकाले समेत सहजीकरण गर्ने बताएका हुन् ।

    पत्रकार सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलले सहजीकरण गरेको कार्यक्रममा बिर्तामोड नगरपालिका भित्र सञ्चालित सबै विद्यालयका प्रधानाध्यापक तथा सामाजिक विषय अध्ययन गराउने शिक्षकको सहभागीता रहेको थियो ।

    सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सहभागी शिक्षकले आ-आफ्नो विद्यालयमा अनिवार्य रुपमा विद्यार्थीलाई ट्राफिक सचेतना र सडक सुरक्षाका विषयमा जानकारी गराउने प्रतिवद्धता जनाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.