प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अंक थपेर नबढाएको दाबी गरेका छन् ।
शुक्रबार मात्रै सार्वजनिक भएको ०८१ को एसईईको नतिजाबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधि सभा बैठकबाटै यस्तो दाबी गरेका हुन् ।
‘मिहिनेत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान हुनेगरी नयाँ पुस्तालाई होच्याउने गरी विद्वानले बोलेको कुरा सुन्दा दुस्ख लाग्छ । नम्बरमा खेलबाड होइन । विद्यार्थीले मिहिनत गरेर यो नम्बर ल्याएको हो,’ प्रधानमन्त्री ओलीले भने ।
Advertisement
नतिजामा केही मानिसले अंक थपेर हचुवाको भरमा बिना आधार बोलोको भन्दै प्रधानमन्त्री ओलीले दु:ख व्यक्त गरेका थिए ।







