२०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा झापाबाट ६५.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
झापामा ३.६० देखि ४ जीपीएसम्म १५२८ जना अर्थात १०.०५ प्रतिशत, ३.२० देखि ३.६० जीपीएसम्म ३४३२ जना अर्थात २२.५८ प्रतिशत, २.८० देखि ३.२० जीपीएसम्म ३३०५ जना अर्थात २१.७५ प्रतिशत, २.४० देखि २.८० जीपीएसम्म १५८३ जना अर्थात १०.४२ प्रतिशत, २ देखि २.४० जीपीएसम्म १४३ जना अर्थात ०.९४ प्रतिशत उत्तीर्ण भएका छन् ।
त्यस्तै ननग्रेडेड ५२०६ जना अर्थात ३४.२६ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।
Advertisement







