झापाको बिर्तामोड-४ मा रहेको गोमेन्द्र विर्ता मोडेल अंग्रेजी विद्यालयका एकेडेमिक इन्चार्ज प्रत्युग खनालले आफ्नो जन्मदिनको अवसरमा एक जना विद्यार्थीलाई साइकल प्रदान गरेका छन् ।
खनालले बिहिबार गोमेन्द्र विर्ता मोडेलमै कक्षा ५ मा अध्ययनरत विद्यार्थी अर्जुन कार्कीलाई उपहार स्वरुप साइकल दिएका हुन् ।
कार्की तारा नमस्ते बाल आश्रममा आश्रित छन् । कार्कीलाई कक्षा १ देखि गोमेन्द्र विर्ता मोडेलले नि:शुल्क शिक्षा प्रदान गर्दै आएको विद्यालयका निर्देशक उत्तम खनालले बताए । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यालयले नि:शुल्क पढाइरहेको बताएका छन् ।
विद्यालयबाट करीब ३ किलोमिटरको दुरीमा रहेको तारा नमस्ते बालग्राममा आश्रीत अर्जुन पैदलै आउजाउ गर्छन । उनको कठिनाईलाई मध्यनजर गर्दै साइकल प्रदान गरिएको प्रत्युगले जानकारी दिए ।
विद्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा बोल्दै तारा नमस्ते बाल आश्रमका सञ्चालक यशोदा चापागाई, अभिभावक संघका सदस्य पुष्प खड्का, बालबालिका शिक्षा तथा संचार मञ्चका अध्यक्ष सरोज पौडेल,शिक्षक अभिभावक संघ अध्यक्ष पुष्प खड्का, विद्यालयका निर्देशक उत्तम खनाल लगायतले जन्मदिनमा बालबालिकामा लगानी गरेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिएका थिए ।
उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहप्रधानाध्यापक तिर्थ दाहालले गरेका थिए ।







