• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सेनाद्वारा झापाका दुई सामुदायिकसहित सात वटा विद्यालयमा एनसीसी तालिम


  •    संवाददाता/ बुधबार, असार ११, २०८२  

  • नेपाली सेनाले झापामा विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरु गरेको छ ।

    चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले जिल्लाका सामुदायिक र संस्थागत गरी सात वटा विद्यालयमा तालिम सञ्चालन गरेको हो ।

    Advertisement

    अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात र सेनानी सुरेन्द्र योगीले सोमबार इष्ट होराइजन इङ्गलिस स्कुल धुलावारी, एरा एभरग्रिन इङ्गलिस स्कुल बुद्धशान्ति, धुलावारी माध्यमिक विद्यालय धुलाबारी, टावर टेम्पल इङ्गलिस स्कुल बिर्तामोड, शनिश्चरे मावि शनिश्चरेमा तालिम उद्घाटन गरेका थिए भने मंगलबार झिलझिलेस्थित सेभेन सिज पब्लिक इङ्गलिस स्कुल र दमकस्थित झापा मोडल इङ्गलिस स्कुलमा सि.सं.५१ जुनियर डिभिजन एनसीसी तालिम उद्घाटन भएको छ ।

    Advertisement

    उद्घाटन भएका विद्यालयमा सोमबारदेखि तालिम सुरु भएको नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका सेनानी नरेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । एक सय दिनको एनसीसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा मोरङको याङशिलास्थित राष्ट्रिय सेवा दलको पूर्वी तालिम शिक्षालयमा हुने अरिदमन गणका गणपति प्रमुख सेनानी बस्न्यातले बताए ।

    उक्त तालिमबाट विद्यार्थीहरु राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमान्दारिता र वफादारिताका बारेमा प्रशिक्षित हुने उनले बताए । “यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइन्छ”, उनले भने । उनका अनुसार विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण लगायतका विषयमा समेत जानकारी गराइन्छ ।

    झापामा यो वर्ष २ सय १० जना विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराइने गणले जनाएको छ । एउटा विद्यालयबाट छात्र १५ र छात्रा १५ गरि ३० जना तालिममा सहभागी हुन पाउने छन् ।

    यस्तै विद्यार्थीले तालिमका अवसरमा एरोविक्स, तेक्वान्दो, आइकिदो, विपद् व्यवस्थापनमा उद्धार गर्न स्वयंसेवी भूमिका तथा अन्य साहसिक तालिम पाउने छन् । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.