• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरमा अंग्रेजी शिक्षकको सम्मेलन तथा कार्यशाला


  •    संवाददाता/ सोमबार, असार ०९, २०८२  

  • मेचीनगरस्तरीय अंग्रेजी भाषा शिक्षकहरूको दुई दिने सम्मेलन तथा कार्यशाला सम्पन्न भएको छ ।

    नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) झापा र मेचीनगर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको संयुक्त आयोजनामा भएको कार्यशाला आइतबार सम्पन्न भएको हो ।

    Advertisement

    उक्त सम्मेलनमा मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्राथमिकदेखि माध्यमिक तहसम्मका अंग्रेजी शिक्षकहरूको सहभागिता रहेको थियो ।

    Advertisement

    उक्त सम्मेलनमा नेल्टाका कोशी प्रदेश अध्यक्ष गुणराज नेपालले कि नोट स्पिच र रुद्रबहादुर थापाले प्लेनरी प्रस्तुत गरेका थिए ।

    त्यसैगरी मेचीनगरको शिक्षा वर्तमान अवस्था चुनौती र अवसर विषयक प्यानल डिस्कसन गरिएको थियो । उक्त छलफलमा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी वरिष्ठ प्रधानाध्यापक कृष्ण पुरी, संस्थागत विद्यालयहरूको तर्फबाट सन्दीप राई र नेल्टाको तर्फबाट धर्मेन्द्र भट्टराईले छलफलमा भाग लिएका थिए ।

    दुई दिनसम्म सञ्चालित सम्मेलनको दोस्रो दिन सातवटा फरक-फरक विषयवस्तुहरू माथि कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालालाई सहजकर्ताहरू टीकाप्रसाद सुवेदी, केशव उप्रेती, पुण्य माता खतिवडा, धर्मेन्द्र भट्टराई र विकास ग्वालले सहजीकरण गरेका थिए ।

    शनिबार सुरु भएको अङ्ग्रेजी भाषा शिक्षक सम्मेलनको उद्घाटन गर्दै मेचीनगर नगरपालिकाका उप-प्रमुख मिना पोखरेल उप्रेतीले अंग्रेजी भाषा सबैका लागि अपरिहार्य बन्दै गएको बताइन् । गुणस्तरीय अङ्ग्रेजी भाषा शिक्षणका लागि गुणस्तरीय शिक्षकको उत्पादन मा जोड दिनुपर्ने र नगरपालिकाले उक्त कार्यको लागि प्राथमिकताका साथ काम गर्ने उनले बताएकी छन् ।

    कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारी, नेल्टाका कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई, नेपाल शिक्षक सङ्घका कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद भण्डारी, बाल सुबोधिनीका प्रधानाध्यापक विश्व थापा, एन प्याब्सनका केन्द्रीय सचिव सन्दिप राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सोही सम्मेलनले मेचीनगरस्तरीय अङ्ग्रेजी भाषा शिक्षकहरूको सात सदस्य समिति समेत गठन गरेको छ । नेल्टा झापाले विभिन्न पालिकाहरूमा अङ्ग्रेजी शिक्षकहरूको सम्मेलन मार्फत अङ्ग्रेजी शिक्षकहरूलाई दक्ष प्रविधियुक्त र नयाँ आयामहरूको खोजीमा प्रेरित गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.