• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यालय जानबाट बन्चित अनिषालाई निदि माविले नि:शुल्क पढाई दिने


  •    संवाददाता/ शनिबार, असार ०७, २०८२  

  • आर्थिक अभावका कारण विद्यालय जान बाट बन्चित एक बालिकालाई बिर्तामोड-२ स्थित निदि माध्यमिक विद्यालयले नि:शुल्क पढाई दिने भएको छ ।

    पक्षघातका कारण कम्मरमुनिको भाग नचल्ने भएर बालिकाकी आमा ओछ्यानमै थलिएपछि विद्यालय जान नपाएको समाचार विभिन्न सञ्चारमाध्यममा सम्प्रेषण भएको थियो ।

    Advertisement

    सोहि समाचार पढे पश्चात निदि विद्यालयले बालिकालाई पढाई दिने घोषणा गरेको हो । “पढ्न मन लाग्छ, स्कूल जान मन लाग्छ”, बिर्तामोड-३ की ७ वर्षीया बालिका अनिषा मगरले हामीसँग भनेकी थिइन । तर उनको रहर अब भने पुरा भएको छ ।

    Advertisement

    सात वर्षिय बालिका अनिषाकी आमा अनुता राई (मगर) पक्षघातका कारण कम्मरमुनिको भाग नचल्ने भएर एक बर्षदेखि ओछ्यानमै थलिएकी छन् ।

    उनको दयनिय अवस्थाको बारेमा समाचार सम्प्रेषण पश्चात निदि क्यामपसका प्रिन्सिपल रंजित शाहले सात बर्षिय बालिका अनिषालाई कक्षा १० सम्म नि:शुल्क पढाई दिने घोषणा गरेका हुन् । अनुताको डेरामै पुगेर शाहले सामाजिक उत्तरदायित्व वहन गर्दै पढाउने बताए ।

    बिर्तामोड-३ का वडा सदस्य हरी बांस्कोटा, बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेल र स्थानीयले पनि निदि विद्यालयलाई धन्यवाद व्यक्त गरेका थिए ।

    त्यस्तै अनुतालाई स्थानीय व्यवसायी तथा सामाजिक अगुवा मुकेश भट्टराई र हरी बांस्कोटाले आर्थिक सहयोग समेत गरेका छन् । साथै बालिकालाई आवश्यक पोशाक न्युटन्स एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुमागाईंले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आर्थिक अवस्था कमजोर भएका अनुताको परिवार हाल कष्टकर दैनिकी बिताइरहेको छ । अर्जुनधारा नगरपालिका-३ घर भई हाल बिर्तामोड-३ स्थित यातायात कार्यालय छेउमा बस्दै आएकी ३५ वर्षीया अनुताको करिब एक वर्षदेखि ओछ्यानमै दिन बितिरहेको छ ।

    ह्वील चियरको सहायताले छोरा १५ वर्षीय समीर मगरले अनुताको हेरचाह गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.