झापाको बिर्तामोड-२ रामचोकमा अवस्थित निदि माध्यमिक विद्यालयको स्कुल क्याप्टेनमा रिदिमा थापा निर्वाचित हुँदा भाइस क्याप्टेनमा हन्सिका चौधरी निर्वाचित भएकी छिन् ।
विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउने उद्देश्यले निदिले शुक्रवार स्कुल क्याप्टेन र भाइस क्याप्टेनसहित चार वटा सदनको क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गरेको थियो ।
निर्वाचन अन्तरगत रेड हाउस क्याप्टेनमा आशिफ आलम, भाइस क्याप्टेनमा अन्सु लिम्बु, ब्लु हाउस क्याप्टेनमा जीवन बास्कोटा, भाइस क्याप्टेनमा आयुस शजाम, ग्रीन हाउस क्याप्टेनमा सुजेश शिवाकोटी, भाइस क्याप्टेनमा सम्पदा मैनाली, यल्लो हाउस क्याप्टेनमा विकेश राजवंशी र भाइस क्याप्टेनमा अनुजा कडरिया निर्वाचित भएका निर्वाचन आयुक्त शरद घिमिरेले जानकारी दिए ।
निर्वाचन समिति सदस्यमा विद्यालयका शिक्षक पवन शिवाकोटी, ज्योति रिजाल, प्रनिता खड्का तथा घनश्याम पौडेल रहेका थिए ।
स्कुल क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन परिवेक्षकमा बाह्रदर्शी सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख भेषराज बुढाथोकी रहेका थिए । निर्वाचनमा कक्षा ४ देखि १० सम्मका ६४५ जना मतदाता रहेका मध्ये ५३१ मत खसेको थियो ।







