• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगरपालिकाद्वारा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण


  •    संवाददाता/ शुक्रबार, जेठ ३१, २०८२  

  • झापाको बिर्तामोड नगरपालिकाले ‘सिकाइ उपलब्धि सुधार अभियान २०८१’ को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न गरेको छ ।

    शुक्रबार आयोजित कार्यक्रममा शिक्षाको गुणस्तर सुधारका लागि आगामी योजना र प्रतिबद्धताहरू तय गरिएका छन् ।

    Advertisement

    लक्ष्य हासिल र चुनौती:

    Advertisement

    कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सिकाइलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सबै सरोकारवाला पक्षको सहकार्यले मात्र उपलब्धि हासिल हुने बताइन् ।

    उनले कक्षा ८ को नतिजा अनुसार गणित, विज्ञान र सामाजिक विषयमा गुणस्तर कमजोर देखिएको उल्लेख गर्दै सकारात्मक सिकाइ आवश्यक रहेको बताएकी छन् । यद्यपि माथिल्लो कक्षा पढ्न पाउने विद्यार्थीको सङ्ख्यामा सुधार आएको र गत वर्ष ९६ प्रतिशत रहेकोमा यस वर्ष ९७ प्रतिशत पुगेको जानकारी दिए ।

    यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले गत साल प्रतिवद्धता गरिएका ६९ देखि ९१ सम्मका सिकाइ उपलब्धि लक्ष्य हासिल गरिएको जानकारी दिए । उनले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन पक्ष सबैको संयुक्त प्रयासले मात्र सिकाइ उपलब्धि हासिल हुने र त्यसबाट नगरपालिकाले पनि सफलताको जस लिने अवसर मिल्नेमा जोड दिएका छन् ।

    शैक्षिक सत्र २०८२ का लागि प्रतिबद्धता पत्र:

    कार्यक्रममा सिकाइ उपलब्धि सुधारका लागि प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूसँग ‘प्रतिबद्धता पत्र २०८२’ मा हस्ताक्षर गराइएको छ। यस प्रतिबद्धता पत्रका मुख्य बुँदाहरू यसप्रकार छन्:

    १. सिकाइ उपलब्धि सुधार अभियान २०८१ का प्रतिबद्धताहरू र कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा निरन्तर कार्यान्वयन गर्ने ।

    २. विद्यालयबाट शिक्षक तालिममा गएर फर्किएपछि सिकेका मुख्य विषयवस्तुहरू कक्षाकोठामा पूर्णरूपमा उपयोग गर्ने शिक्षकको कार्ययोजना सहितको प्रतिबद्धताको अभिलेख तालिम पुस्तिकामा राखी सोको अनुगमन प्रधानाध्यापकले गर्ने ।

    ३. शिक्षकले गर्ने कार्यमूलक अनुसन्धान र घटना अध्ययन लगायतका अनुसन्धानको प्रमाणित अभिलेख पुस्तिका राखी त्यस्ता अनुसन्धानबाट आएका निष्कर्ष तथा योजना शिक्षण सिकाइमा प्रयोग भए/नभएको प्रभावकारी अनुगमन गर्ने ।

    ४. प्रत्येक कक्षाकोठालाई विद्यार्थीको सहभागितामा शिक्षण सिकाइसँग सम्बन्धित सामग्रीहरू निर्माण गरी कक्षाकोठाको सजावट गर्ने र सिकाइमा प्रयोग गर्ने ।

    ५. अघिल्लो परीक्षाको नतिजालाई आधार मानेर हरेक विषय शिक्षकलाई एक वर्षमा विषयगत सिकाइ उपलब्धि कति वृद्धि गर्ने भन्ने लक्ष्य निर्धारण गरी कार्यान्वयनको योजना सहितको शिक्षण सुधार गर्ने ।

    उक्त अवसरमा मोहनमाया माविका विज्ञान शिक्षक लब तामाङ र लिटल फ्लावर्स अंग्रेजी माविकी अंग्रेजी शिक्षक प्रभा पराजुली शर्मालाई सम्मान गरिएको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले संस्थागत विद्यालयहरूलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नगर क्षेत्रका सबै अगुवा शिक्षकहरूको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.