नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक विज्ञप्ति निकालेर नेपालले वेस्ट इन्डिजसँग आउँदो सेप्टेम्बर २७, २८ र ३० तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई) मा टी-२० शृङ्खला खेल्ने जानकारी गराएको हो ।
उक्त खेल शारजाह क्रिकेट मैदानमा हुनेछ ।
Advertisement







