अत्यधिक गर्मी बढेपछि झापाको बिर्तामोड र दमक नगरपालिकाले विद्यालयहरुलाई विदा दिएका छन् ।
बिर्तामोड नगरपालिकाले आज एक सूचना जारी गरी भोलि र पर्सी दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।
अत्यधिक गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएको विभिन्न विद्यालय र अभिभावकहरुबाट माग भएपछि हिउँदे र वर्खे विदाबाट कट्टा हुने गरी दुई दिन विदा दिइएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।
Advertisement
त्यस्तै दमकका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना जारी गरी बिहीबार र शुक्रबार विद्यालय विदा दिएको जनाएका छन् ।







