• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा नेशनल विद्यालयका विद्यार्थीले बनाए टेलिस्कोप, विज्ञान प्रदर्शनीमा सहभागी गराइने


  •    संवाददाता/ शनिबार, जेठ २५, २०८२  

  • झापाको मेचीनगर-७ मा अवस्थित झापा नेशनल स्कुलका विद्यार्थीहरूले टेलिस्कोप बनाएका छन् ।

    विद्यार्थीहरुले स्थानीय स्रोत साधनको प्रयोग गर्दै टेलिस्कोप निर्माण गरेका हुन् । विज्ञानमा रुचि राख्ने विद्यार्थीहरूको टोलीले विद्यालयको प्राविधिक सहयोगमा टेलिस्कोप तयार पारेका हुन् ।

    Advertisement

    कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले केही साता अगाडिदेखि टेलिस्कोप बनाउन लागि परेका थिए । स्कुलका प्रध्यानाध्यापक कमल भेट्वाल र शिक्षकहरुको सहयोग प्राप्त भएपछि उनीहरुले टेलिस्कोप बनाउन सफल भएका छन् । विद्यार्थीहरुले लेन्स, पाइप, माउन्ट र अन्य सामग्रीहरु भने स्थानीय स्रोत र साधनहरु प्रयोग गरी बनाएका हुन् ।

    Advertisement

    विद्यालयका कोअडिनेटर अनुप सुवेदीका अनुसार विद्यार्थीहरूले रातको समयमा चन्द्रमा र ताराहरू अवलोकन गर्न सक्ने क्षमताको टेलिस्कोप तयार पारेको बताए । उनका अनुसार यो कार्यले विद्यार्थीमा वैज्ञानिक सोच विकास गर्न ठूलो मद्दत पु¥याएको छ ।

    बिहिबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरी विद्यार्थीहरूले आफैंले बनाएको टेलिस्कोप प्रदर्शन गरेका थिए । टेलिस्कोप बनाउन कक्षा ९ का निर्देश ढुङ्गाना, हार्दिक कट्टेल र एन्जिला आचार्य लागि परेका थिए ।

    उनीहरुले भने ‘पहिलो पटक आफैंले बनाएको टेलिस्कोपबाट चन्द्रमा हेर्दा निकै उत्साहित भएका छौँ । यसै टेलिस्कोप मार्फत सौर्यमण्डलका अन्य ग्रहहरूबारे पनि बुझ्नेछौँ ।’

    विद्यालयका प्रधानाध्यापक कमल भेट्वालले विद्यार्थीहरूको सिर्जनात्मकतालाई प्रोत्साहन गर्न आगामी दिनमा यस्ता परियोजनाहरूलाई अझै विस्तारित गरिने बताएका छन् ।

    यो टेलिस्कोपलाई नेकपा एमाले प्रदेश कमिटिले आजबाट आयोजना गर्न लागेको विज्ञान प्रदर्शनीमा समेत सहभागी गराइने भेट्वालले बताए ।

    विद्यालयले तीन वर्ष अघि रोबोटिक्स फेयर’ समेत आयोजना गरेको थियो । विद्यार्थीहरुले बनाएका बिभिन्न किसिमका २० वटा रोवट तथा इलेट्रोनिक साइकल प्रदर्शनमा राखिएको थियो । विद्यार्थीहरुले यन्त्र जडित ई-साइकल समेत बनाएका थिए । विद्यालयले विज्ञानका बिभिन्न प्रयोगहरुमा सफलता हासिल गर्न थालेपछि विद्यालय तथा विद्यार्थी र अभिभावकहरु उत्साहित बन्न थालेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.