• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गाउँपालिका अन्तर मावि क्रिकेट प्रतियोगिताको उपाधि कर्णालीको पोल्टामा


  •    संवाददाता/ मङ्गलबार, जेठ २१, २०८२  

  • झापाको बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको प्रथम बुद्धशान्ति गाउँपालिका अन्तर मावि (कक्षा १० सम्म) टी १० छात्र नकआउट क्रिकेट प्रतियोगिताको उपाधि कर्णाली एजुकेशन फाउण्डेसनले उचालेको छ ।

    बुद्धशान्ति-१ मा अवस्थित कर्णाली एजुकेशनले गढिगाउँ माविलाई ३४ रनले पराजित गर्दै उपाधि चुमेको हो ।

    Advertisement

    उपाधि चुमेसँगै कर्णाली एजुकेशन फाउण्डेसनले नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको गढिगाउँ माविले नगद ८ हजार, मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको थियो ।

    Advertisement

    टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १० ओभरमा १ विकेट गुमाउँदै १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कर्णालीका लागि साजन गदाईलीले १४ बलमा ४४ रन बनाएका थिए ।

    जवाफी ब्याटिङमा उत्रेको गढिगाउ माविले निर्धारित १० ओभर खेल्दै ९ विकेट गुमाएर ७१ रन मात्र बनाउन सफल भयो । गढिगाउँका लागि अनिश सुनुवारले १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोर अङ्कमा रन बनाउन सकेनन् ।

    प्रतियोगिताकै उत्कृष्ट खेलाडी साजन गदाईली, फाइनल खेलको म्यान अफ दि म्याच विजेता टिमका साजन गदाइली, उत्कृष्ट ब्याटर कर्णालीका ब्रेन्सन मगर, उत्कृष्ट बलर ज्योती अंग्रेजी माविका प्रवेश न्यौपाने, उत्कृष्ट विकेट किपर लालिगुराँस एजुकेसन एकेडेमीका पुस्कार श्रेष्ठ घोषित भएका थिए ।

    प्रतियोगितामा गाउँपालिका भित्रका चारवटा संस्थागत र सातवटा सामुदायिक गरी ११ वटा विद्यालयले सहभागी जनाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.