• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गोमेन्द्र बिर्ता मोडलमा निर्वाचन: स्कुल क्याप्टेनमा रिप्लीका र भाइस क्याप्टेनमा एलेक्स विजयी


  •    संवाददाता/ शनिबार, जेठ ११, २०८२  

  • झापाको बिर्तामोड-४ मा रहेको गोमेन्द्र बिर्ता मोडल स्कुलले स्कुल क्याप्टेन र भाइस क्याप्टेनको छनोट निर्वाचनमार्फत गराएको छ ।

    चार सदनका प्रमुख, उपप्रमुख र स्कुल क्याप्टेन र सहायक क्याप्टेन विद्यार्थीहरूले शुक्रबार मतदान गरेर छनोट गरेका छन् । कक्षा ५ देखि कक्षा १० सम्मको निर्वाचन मार्फत क्याप्टेन छनोट गरिएको विद्यालयले जनाएको छ ।

    Advertisement

    विद्यालयले निर्वाचन प्रक्रियाबाट एक वर्षका लागि चार वटा हाउसबाट एक जना क्याप्टेन, एक जना सहायक क्याप्टेन र स्कुल क्याप्टेन एक जना र एक जना सहायक गरी कुल १० जना छनोट भएको निर्वाचन आयोगको आयुक्त तथा शिक्षक सिएम खरेलले जानकारी दिए ।

    Advertisement

    उनले छात्र र छात्रा गरी कुल ३३ जना उम्मेदवारले निर्वाचनमा भाग लिएको बताए । निर्वाचनमा २ सय ५२ जना विद्यार्थीले मतदान गरेका थिए ।

    नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्न प्राय: चुनाव हुने गर्छ । राजनीतिक पार्टी तथा भातृ संगठनको नेतृत्व छनोट लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनबाट गरिँदै आएको छ । यस्तै झल्को दिने गरी विद्यालयले पनि निर्वाचन गरेको मतदान अधिकृत सौरभ तिम्सिनाले बताए ।

    विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका निर्देशक तथा सञ्चालक उत्तम खनालले बताए ।

    निर्वाचनबाट कक्षा १० का छात्रा रिप्लीका के.सी १२९ मत ल्याउँदै विद्यालयको क्याप्टेन र सहायक क्याप्टेनमा कक्षा १० कै छात्र एलेक्स पोखरेल १०६ मत ल्याउँदै विजयी भएका छन् ।

    निर्वाचनबाट रेड हाउस क्याप्टेन कक्षा ८ का आयुष्मा उप्रेती २१, भाइस क्याप्टेन अभिमन्यु आर्चाय ४०, ब्लु हाउस क्याप्टेन कक्षा ९ ऋचा प्रसाई ३४, भाइस क्याप्टेन कक्षा ७ डेनियल गुरुङ ३४ मत ल्याउँदै निर्वाचित भएका छन् ।

    त्यसैगरी यल्लो हाउस क्याप्टेन कक्षा ९ प्रेरणा सापकोटा २३, कक्षा ७ को भाइस क्याप्टेन अपेक्षा यादव २१, ग्रीन हाउस क्याप्टेन कक्षा ९ अमुल्य कार्की १८ र भाइस क्याप्टेन कक्षा ८ सिज्जल बुढाथोकीले ३७ मत ल्याउँदै विजयी भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.