• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एभरेष्ट स्मार्टले दियो सरस्वती माविलाई टेवल कुर्सी


  •    संवाददाता/ शुक्रबार, जेठ १०, २०८२  

  • झापाको एक संस्थागत विद्यालयले सामुदायिक विद्यालयमा आवश्यक सामाग्री टेवल कुर्सी प्रदान गरेको छ ।

    बिर्तामोड-६ को एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीले बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयलाई आवश्यक सामाग्री टेवल तथा कुर्सी प्रदान गरेको हो ।

    Advertisement

    एभरेष्ट स्मार्ट स्कुलले सेतो रंगको कुर्सी १३५ थान, कालो रंगको कुर्सी ५१ थान, सेतो रंगको टेवल ८३ थान, ग्रीन कलरको टेवल डवल ३१ थान र सिङ्गल ६ थान हस्तान्तरण गरेको हो ।

    Advertisement

    एभरेष्ट स्मार्ट स्कुलमा शुक्रवार उक्त सामाग्री बिर्तामोड-६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्वा, एभरेष्ट स्मार्ट विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष देवी गिरी, एभरेष्ट स्मार्ट स्कुलका प्रिन्सिपल अनुप शर्माले सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश कन्दङ्वा, सहायक प्रधानाध्यापक नारायण चम्लागाई र शिक्षक अभिभावक संघका अध्यक्ष मनीकुमार भट्टराईले हस्तान्तरण गरेका थिए ।

    एभरेष्ट स्मार्ट स्कुलले बिद्यालयसम्म पुर्याउने यातायात खर्चसमेत उपलब्ध गराउने प्रिन्सिपल शर्माले जानकारी दिए । एभरेष्ट स्मार्ट स्कुल नामले ‘स्मार्ट’ भएको र त्यसलाई अझ स्मार्ट बनाउन नयाँ टेवलकुर्सी ल्याएको बताउँदै ती सामाग्री सामुदायिक बिद्यालयमा दिन वडाध्यक्ष कन्दङ्वाको आग्रह अनुसार सरस्वती माविलाई हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल शर्माले बताए ।

    एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष देवी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड-६ का वडाध्यक्ष कन्दङ्वाको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कन्दङ्वा, सरस्वती माविका सहायक प्रधानाध्यापक नारायण चम्लागाई लगायतले एभरेष्ट स्मार्ट स्कुलले संस्थापक विद्यालय भएर पनि सामुदायिक विद्यालयलाई आवश्यक सामाग्री सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए ।

    एभरेष्टका विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष देवी गिरीले झापाका शिक्षासेवी स्व.हरि प्रसाईंले शिक्षा क्षेत्रमा गरेको योगदानका विषयमा चर्चा गरेका थिए । गिरीले स्व.प्रसाईंले स्थापना गरेको एभरेष्ट स्मार्टले गरिवका छोराछोरी पढ्ने सामुदायिक विद्यालयलाई आवश्यक टेवलकुर्सी प्रदान गरेर उनको शिक्षाप्रतिको मोहलाई अझ साकार पारेको बताए ।

    उक्त कार्यक्रममा एभरेष्ट विद्यालय व्यवस्थापन समितिकी सदस्य निरु ओली, सामाजिक व्यक्तित्व निरज ओली, युवराज खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

    एभरेष्ट स्मार्ट स्कुलका पिन्सिपल शर्माले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन एभरेष्ट स्कुलकी शिक्षिका सावित्रा भट्टराईले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.