• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मिनी माउन्टेनका विद्यार्थीलाई मास हिस्टेरिया


  •    संवाददाता/ बिहिबार, जेठ ०९, २०८२  

  • धाराको पानीमा खराबी नभएर मास हिस्टेरियाका कारण मिनी माउन्टेन इङलिस सेकेण्डरी बोर्डिङ स्कुल बाह्रदशीका विद्यार्थीहरु विरामी परेको चिकित्सकले बताएका छन् ।

    बुधबार दिउँसो २ बजे बाह्रदशी गाउँपालिका-६ स्थित मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सोही विद्यालयको खानेपानीको धाराबाट पानी पिउँदा पेट दुखेर १७ जना सिकिस्त भएका थिए ।

    Advertisement

    बिरामी विद्यार्थीहरुलाई बिद्यालयका शिक्षकहरुले उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराएको प्रहरीले जनाएको छ । विरामी हुने विद्यार्थीहरु कक्षा ४ र ५ का हुन् । उनीहरु सबै निको भई डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।

    Advertisement

    उनले धाराको पानी खाँदा विरामी हुनुपर्ने कारणबारे अनुसन्धान भइरहेको बताए । विद्यालयको त्यस धाराको पानी विज्ञद्वारा परीक्षण गरिने उनले जानकारी दिए ।

    विद्यालयका सञ्चालक खगेन्द्र सुवेदीले पहिला ३-४ जनाले धाराको पानी खाएर भुँडी दुख्यो भनेर लडीबडी गरेको बताए । त्यसपछि उनीहरुका अरु साथीहरुले पनि त्यसरी नै भुँडी दुख्यो भनेर रुन कराउन थालेका थिए ।

    विरामी भएका सबै विद्यार्थीहरुलाई अस्पताल लगेर निको पारेर ल्याइएको उनले जानकारी दिए । धाराको पानीमा खराबी नभएर विरामी विद्यार्थीहरुमा मास हिस्टेरियाको लक्षण देखिएको सञ्चालक सुवेदीले बताए ।

    बिर्तासिटी हस्पिटलका चिकित्सक डा.रमेश यादवले विद्यार्थीहरुमा मास हिस्टेरियाको लक्षण देखिएको जानकारी दिए । उनले धाराको पानी पनि परीक्षण गर्न आवश्यक रहेको बताए । ‘धाराको पानीमा समस्या नदेखिएको खण्डमा मनोवैज्ञानिक रुपमा विद्यार्थीहरु सामूहिक विरामी हुन सक्छन्’ उनले भने । प्रतिदिन दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.