• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भानु माविका विद्यार्थीलाई शेर्माले दिए पाठ्यपुस्तक उपहार


  •    संवाददाता/ मङ्गलबार, जेठ ०७, २०८२  

  • झापाको शिवशताक्षी नगरपालिका-३ स्थित भानु माध्यमिक विद्यालयका ३० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पाठ्यपुस्तक प्रदान गरिएको छ ।

    सामाजिक तथा राजनीतिक रूपमा सक्रिय व्यक्तित्व मचिन्द्रकुमार शेर्माले व्यक्तिगत पहलमा पूर्वप्राथमिक तहदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमै पुगेर पुस्तक वितरण गरेका हुन् ।

    Advertisement

    शेर्माले कुनै विशेष दिनको अवसर नभई सामाजिक उत्तरदायित्वका रूपमा उक्त सहयोग गरेका हुन् । “विपन्नताका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्य गरेको हुँ,” उनले भने ।

    Advertisement

    उनीद्वारा उपहार दिइएका सबै पाठ्यपुस्तक निजी प्रकाशनका अङ्ग्रेजी माध्यमका पुस्तक हुन् । भानु माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा अध्ययन-अध्यापन हुने गर्दछ । आर्थिक अभावका कारण निजी प्रकाशनका पुस्तक किन्न नसक्ने अवस्थाका बालबालिकालाई लक्षित गर्दै उक्त सहयोग गरिएको हो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष भास्कर न्यौपाने, पत्रकार विनोद सापकोटा लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो ।

    शिवशताक्षीको भानु माध्यमिक विद्यालयमा सन्थाल, आदिवासी, सीमान्तकृत तथा अल्पसंख्यक समुदायका बालबालिका अध्ययन गर्छन्। यस्तो सहयोगले आर्थिक अभावका कारण अध्ययनमा बाधा झेलिरहेका बालबालिकालाई उज्यालो भविष्यतर्फ डोर्याएको विद्यालयका प्रधानाध्यापक विजयकुमार चौधरीले बताए ।

    उक्त कार्यक्रमको सहजीकरण शिक्षक गणेश चम्लागाईंले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.