• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

धुलाबारी माविका विद्यार्थीलाई वीरेन राजवंशी छात्रवृति, गीत लोकार्पण


  •    संवाददाता/ शनिबार, जेठ ०४, २०८२  

  • झापाको मेचीनगर नगरपालिकाको सहयोगमा धुलाबारी माविले सहिद वीरेन राजवंशी छात्रवृति रकम वितरण गरेको छ ।

    विद्यालयको सभाहलमा शुक्रबार वीरेन राजवंशी छात्रवृति तथा विद्यालयको गीत लोकार्पण कार्यक्रममा १३० जना विद्यार्थीहरुलाई छात्रवृति रकम वितरण गरिएको हो । कक्षा-११ र १२ का विद्यार्थीहरुलाई जनही ८ हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि एवम् सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले छात्रवृति रकम वितरण गरेका हुन् ।

    Advertisement

    नगरपालिकाले प्रत्येक वर्ष सहिद वीरेन राजवंशी र वीपी कोइरालाको नाममा विद्यार्थीलाई छात्रवृति रकम वितरण गर्दै आएको छ ।

    उक्त अवसरमा विद्यालयको गीत लोकार्पण गरिएको छ । प्रमुख अतिथि बुढाथोकीले विद्यालयको गीत डिजिटल कम्युटरमा थिचेर लोकार्पण गरेका थिए ।

    उक्त गीतमा शिक्षक मिलनकुमार ढुंगानाको शब्द रचना, भविन ढुंगाना संगीत, भानुभक्त ढकाल, रोशा फुयल, सुनिता तामाङ र भविन ढुंगानाको स्वर, कुशलसिंह नाइलको एरेन्ज, श्याम बागदासको मिक्सिङ, डो रे मी स्टुडियो काठमाडौँको रहेको छ ।

    धुलाबारी माविका व्यवस्थापन समिति अध्यक्ष गणेशविक्रम नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले छात्रवृतिको रकमले विद्यार्थीलाई शिक्षाप्रति हौसला प्रदान गर्ने काम गरेको बताए । उनले विद्यालयको गीतलाई विहानको भजन बजाए जसरी बजाउन आग्रह गरेका थिए ।

    कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, सामाजिक विकास समिति संयोजक ह्दय राजवंशी, धुलाबारी मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष ध्रुब कनाल, प्रधानाध्यापक महेन्द्रविलास लुइटेल, गीतका शब्द रचनाकार शिक्षक ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईं मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक रमेश दाहालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.