• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

साङ्गवेद संस्कृत माविमा विद्यार्थीको आर्कषण बढ्दो


  •    संवाददाता/ शुक्रबार, जेठ ०३, २०८२  

  • झापाको बिर्तामोड-२ चारपानेमा अवस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालय तथा विवेकाश्रममा विद्यार्थीको आर्कषण बढ्दै गएको छ । यसै वर्ष मात्र विद्यालयमा ५० जना नयाँ विद्यार्थी भर्नाका छन् ।

    कक्षा ४ देखि १२ सम्म पठनपाठन हुने विद्यालयमा ३१० जना विद्यार्थीहरु अध्ययनरत तथा १८ जना शिक्षक-कर्मचारी कार्यरत रहेका छन् ।

    Advertisement

    कोशी प्रदेशसहित भारतबाट समेत विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका विद्यालयका प्रधानाध्यापक छवि रेग्मीले जानकारी दिए ।

    Advertisement

    संस्कृत माध्यमबाट पढाइ हुने विद्यालयमा आवासीय माध्यमबाट अध्ययन गर्ने विद्यार्थीले वार्षिक रुपमा ७२०० रुपैँया तिर्ने गरेका प्रधानाध्यापक रेग्मीले बताए । खान, बस्न, पठनपाठन गर्न, खेलकुद, परीक्षा शुल्क त्यसभित्र पर्ने गरेको छ । आवासीयमा नबस्ने विद्यार्थीले वार्षिक रुपमा २८०० मात्र तिर्दा पुग्ने प्रधानाध्यापक रेग्मी बताउँछन् ।

    झापाकै उत्कृष्ट संस्कृत विद्यालयका रुपमा स्थापित विद्यालयमा गत वर्षको एसईईमा ९३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका थिए ।

    बिर्तामोड नगरपालिकाले संस्कृतिक विद्यालयलाई व्यवस्थित र राम्रो बनाउन विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । बालबालिकाको विकासका लागि बाल क्लब, स्काउटहरु समेत गठन गरिएको प्रधानाध्यापक रेग्मीले बताए ।

    स्थानीय जनप्रतिनिधिहरुले प्रत्यक्ष रुपमा उपस्थित भएर विद्यालयलाई व्यवस्थित बनाउन चासो राखिरहेका कारण विद्यालयले फड्को मारिरहेको प्रधानाध्यापक रेग्मीले बताए ।

    पछिल्लो समय संस्कृत पढ्ने विद्याथीहरुको संख्या दिनप्रतिदिन घट्दै गएको अनुमान गरिए तापनि साङ्गवेदमा विद्यार्थीहरुको संख्या उल्लेख रहेको छ ।

    विद्यालयमा टाढा-टाढाबाट विद्यार्थीहरु आएर पढ्न चाहै पनि भौतिक संरचनाको अभावका कारणले गर्दा आवासीय रुपमा बसेर विद्यार्थीहरुले पढ्न नपाएको अवस्था रहेको र त्यसका लागि वडा कार्यालयले समन्वय र पहल गरिरहेको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.