माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षणको काम सुरु भएको भएको हो । सबै ठाउँबाट परीक्षणको काम धमाधम भइरहेको छ ।
परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईका अनुसार ५० ठाउँबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । बोर्डले असार पहिलो साता नजिता सार्वजनिक गर्ने तालिका थियो । तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षणको काम ढिला गरी सुरु भएको हो ।
Advertisement
शिक्षकहरूले जतिसक्दो छिटो परीक्षणको काम सक्नुहुन्छ । नतिजा त्यति नै छिटो हुन्छ । अब शिक्षकहरूको हातमा रहेको नियन्त्रक भट्टराईले बताए ।
२० चैतदेखि २९ दिन शिक्षकहरूको आन्दोलनका कारण परीक्षणमा ढिलाइ भएको हो । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो ।







