• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्सको उदाहरणीय काम: अवकाशसँगै शिवाकोटीले पाइन् २० लाख बढी रकम


  •    संवाददाता/ शुक्रबार, बैशाख १९, २०८२  

  • बिर्तामोडमा अवस्थित न्युटन्स् एजुकेसन एकेडेमीकी मिनु शिवाकोटी जसले २२ वर्ष लामो समय विद्यालयमा बिताइन् र यो वर्षबाट अवकाश लिएकी छिन् । उनले विद्यालयबाट अवकाशसँगै आफूलाई जिवीकोपार्जन गर्न वा केही व्यवसायिक बन्न सक्ने गरी ठूलो रकम प्राप्त गरेकी छन् ।

    विद्यालयले विभिन्न शिर्षक अन्तरगत २० लाख बढी रकम प्रदान गरेको आज बिर्तामोडमा प्रिन्सिपल देवेन्द्र हुमागाईं र अवकाश प्राप्त शिक्षक शिवाकोटीको भेटघाटमा जनाइएको हो ।

    Advertisement

    न्युटन्स बाल क्लबको फोकल पर्सन समेत रहेकी शिवाकोटीले अवकाश कोषबाट साढे ८ महिनाको तलब ३ लाख ४७ हजार ६५०, नागरिक लगानी कोषबाट ८ लाख ३५ हजार १८४, कर्मचारी संचय कोषबाट ७ लाख ५२ हजार र शिक्षक कल्याण कोषबाट ५१ हजार १०८ रुपैयाँ गरी जम्मा २० लाख ८ हजार २२१ रुपैयाँ पाएकी हुन् ।

    Advertisement

    विद्यालयले आफ्नो ऊर्जाशील समय बिताएर अवकाश हुने शिक्षकहरुले खाली हात जान नपरोस् भनेर विभिन्न कोषहरुको व्यवस्था गरेको छ । कर्मचारी संचय कोष, नागरिक कल्याण कोष, शिक्षक कल्याण कोष र अवकाश कोषबाट प्राप्त हुने रकमले सामुदायिक विद्यालयका सरह न्युटन्स् शिक्षकहरु आकर्षक रकम लिएर विदा हुने गरेका छन् ।

    न्यूटन्सले यी कोषबाहेक शिक्षकहरुलाई पढाई खर्च, सुत्केरी खर्चलगायतका सुविधा पनि दिँदै आएको छ । शैक्षिक अगुवा रहेका हरिकुमार प्रसाईंले तलदेखिका शिक्षकहरुको मर्मलाई बुझेर चार वटा कोषको व्यवस्था गरेको प्रिन्सिपल हुमागाईंले बताए ।

    विद्यालयमा गुणस्तरीय तरिकाले अध्यापन हुने भएकाले विद्यार्थी र अभिभावकको रोजाईमा विद्यालय पर्दै आएको छ । यस वर्ष मात्र २५० जनाभन्दा बढी नयाँ विद्यार्थीहरु भर्ना भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.