सरकार र शिक्षक महासङ्घबीच गएराति भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्ले विरोध जनाएको छ ।
सरकार र महासङ्घबीच भएको सहमतिबारे जानकारी दिन आज काठमाडौँमा आयोजित कार्यक्रममा विद्यालयका कर्मचारीहरूले असन्तुष्टि जनाउँदै महासङ्घ नेतृत्वमाथि नाराबाजीसमेत गरेको छन् ।
आफूहरूको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाएका महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।
सहअध्यक्ष पराजुलीले सरकारसँगको ९ बुँदे सहमति सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीहरूको ऊर्जाको प्रतिफल भएको बताइन् । त्यसैले ऐन जारी नभए अझ ठूलो आन्दोलन चर्काउने उनले स्पष्ट पारेकी थिइन् ।
विद्यालय शिक्षा ऐन जारीलगायतका माग राखेर गएको चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरूले गएराति सरकारसँग ९ बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।







