सरकार र शिक्षकहरूबीचको वार्ता मंगलबार पनि निष्कर्षविहीन भएको छ ।
मंगलबार सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तसहित महासंघका पदाधिकारी वार्तामा बसेका थिए ।
आज टुंग्याउने गरी वार्ता सकिएको नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए ।
Advertisement
उनले सरकारसमक्ष नौबुँदे प्रस्ताव पेस गरेको बताए । यसका लागि आज बिहान महासंघको बैठक बस्ने र दिउँसो २ बजे सहमतिमा हस्ताक्षर हुने उनले जानकारी दिए ।
महासचिव थापाका अनुसार हस्ताक्षरपछि आन्दोलनको मोडालिटी परिवर्तन गरिनेछ । मंगलबारको वार्तामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
शिक्षकहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।







