सरकारसँग पुन: वार्तामा बस्नुअघि शिक्षक महासंघ आन्तरिक छलफलमा जुटेको छ ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आन्दोलनको रणनीति र सरकारसँगको वार्ताबारे छलफल गर्न बैठक बस्न लागेको बताइन् ।
यसअघि सोमबार राति अबेरसम्म सरकारसँग वर्ता भए पनि सहमति जुट्न सकेको छैन । बुँदा-बुँदामा छलफल भए पनि केही बुँदामा कुरा मिल्ने बाँकी रहेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
Advertisement
सेवा-सुविधाको विषयमा मन्त्रिपरिषद्बाट निर्णय भए शिक्षकले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताउँदै आएका छन् । सरकारले तत्काल पूरा गर्न सकिने माग सम्बोधन गर्दै निर्णय गर्ने र शिक्षकले आन्दोलनको स्वरुप बदल्ने गरी वार्ता अगाडि बढेको छ ।
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त वार्ताको लागि शिक्षक महासंघका नेताहरू पर्खिरहेका छन् ।
आज पुन: वार्ताका लागि मन्त्री पर्खाइमा छन् ।







