नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसी र पोखरा थन्डर्स बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज पहिलो खेलमा झापा र पोखराले १-१ गोलको बराबरी खेलेका हुन् ।
झापाका लागि अर्सिक लजार र पोखराका स्टेफेन बिनङ्गले एक-एक गोल गरे । बराबरीसँगे दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् । झापा चार खेलमा चार अङ्कसहित तालिकाको छैटौं स्थानमा छ भने पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित चौथो स्थानमा छ ।
Advertisement
यस्तै आको दोश्रो खेलमा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुर चार खेलबाट आठ अङ्क जोड्दै लिग तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको धनगढीको पनि समान अङ्क छ ।







