• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रयोगिताको उपाधि आकाशको पोल्टामा


  •    संवाददाता/ आइतबार, चैत २३, २०८१  

  • बिर्तामोडमा आयोजित प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिताको उपाधि आकाश गजमेरले जितेका छन् ।

    बिर्तामोडका आकाशले कनकाई नगरपालिकाका विशाल तामाङलाई पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बनेका हुन् । आकाशले ६-१ को सोझो सेटमा विशाललाई पराजित गरेका हुन् । फाइनल खेल बेस्ट अफ इलिभेन फर्मेटमा सञ्चालित थियो ।

    Advertisement

    बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आकाशले ४० जना प्रतिस्पर्धीलाई पछि पारेर उपाधिसँगै नगद २५ हजार र ट्रफी पाए । उनी हाइएस्ट ब्रेक ९४८० बन्दै थप नगद ५ हजार र ट्रफी जित्न सफल भएका छन् ।

    Advertisement

    रनरअप बनेका विशालले नगद ११ हजार र ट्रफीमा चित्त बुझाएका हुन् । विजेता तथा उपविजेता दुवै जनालाई बिर्तामोड नगरपालिकाका कार्यवाहक प्रमुख नगेन्द्रप्रसाद संग्रौला, आयोजक समितिका अध्यक्ष विकास गिरी, बिर्तामोड-४ का वडाध्यक्ष राहुल शर्मा, बिर्तामोडका व्यवसायी सुभाष भट्टराई, झापा जिल्ला बास्केटबल संंघका अध्यक्ष प्रकाश लिङदेन, खेल संयोजक विशाल अग्रवाल, बिर्तामोड स्नुकरका खेमराज बुढाथोकी, नवल अग्रवाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    बिर्तामोड ४ नम्बर वडा खेलकुद विकास समिति सहआयोजक तथा बिर्तामोड स्नुकरको समन्वयमा आयोजित स्नुकर प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने खेल संयोजक विशाल अग्रवालले जनाएका छन् ।

    पुरस्कार वितरण कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सदस्य रमेश उप्रेतीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.