• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चर्च व्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश


  •    संवाददाता/ बिहिबार, फागुन २९, २०८१  

  • लिगलिडर चर्च व्वाइज युनाइटेडले ३-० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

    लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४-३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।

    Advertisement

    खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे भने त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ मलिकले मछिन्द्रका लागि अर्को गोल थपे । मैदानको मध्य भागबाट अगाडि बडाएको बललाई उनले सुन्दर गोल गरे पनि मच्छिन्द्रको जितका लागि यो गोल प्रयाप्त बन्न सकेन ।

    Advertisement

    खेलको पहिलो हाफ सम्म शुन्यको नतिजा रहेको चर्च व्वाइजका लागि खेलको ६१ औँ मिनेट विदेशी खेलाडी अबयोमि फकुन्लेले पहिलो गोल फर्काए । मच्छिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले एकल प्रयासमा गोल गरे । खेलको ६९ औँ मिनेटमा फकुन्लेले व्यक्तिगत दोस्रो गोल गरेका थिए भने मच्छिन्द्रका डिफेन्सको तालमेल नमिल्दा दोस्रो बार च्यापेर उनले गरेको सटिक प्रहार गोलमा परिणत भएको थियो ।

    खेलको ७८ औँ मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै स्कोर ३-३ को बराबरी गरे । विदेशी खेलाडी फकुन्लेको क्रस पासमा मच्छिन्द्रका दुई जना डिफेन्डरलाई विट गर्दै गोल गरेका थिए । खेलको ८७ औँ मिनेटमा फकुन्लेले ह्याट्रिक पूरा गरेका थिए । मच्छिन्द्रका डिफेन्डर अघि बढेको मौकाको फाइदा लिँदै उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे भने आफ्नो टिमलाई फाइनलको यात्रा समेत तय गराएका छन् ।

    खेलको प्लेयर अफ द म्याच ह्याट्रिक गरेका खेलाडी अबयोमी फकुन्ले भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् ।

    शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउने छ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।

    त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.