• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगर गोल्डकप: धरान सेमिफाइनलमा, उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी बाहिरियो


  •    संवाददाता/ सोमबार, फागुन २६, २०८१  

  • पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ ।

    टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५-३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले गोल गरेका थिए ।

    Advertisement

    त्यसैगरी व्ल्याक बुल्सका खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरे भने आसिभेकको प्रहार गोलरक्षक बिपुल मगरले बचाएका थिए ।

    Advertisement

    निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १-१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो । खेलको ६० औँ मिनेटमा व्ल्याक बुल्सले अग्रता लिएको थियो । इस्लोमजोनको क्रस पासमा आशिषभेक एरिफजोनोभको हेडर गोलमा परिणत भएको थियो ।

    यसैगरी खेलको ८४ औँ मिनेटमा धरानले कमव्याक गरयो । कप्तान मिलन राईको पासमा बैकल्पिक खेलाडी सुगम जिमिले गोल गर्दै खेललाई बराबरीमा ल्याए । जिमीले व्ल्याक बुल्सका ४ जना डिफेन्डरले गरेको गल्तिको फाइदा उठाउँदै खेल बराबरीमा ल्याएका थिए ।

    खेलको प्लेयर अफ द म्याच धरानका बैकल्पिक गोलरक्षक बिपुल मगर घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । मंगलवारको खेल विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ एफसी र मछिन्द्र फुटबल क्लब बीच हुने आयोजक क्लबका अध्यक्ष नवराज ओलीले बताए ।

    चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५ लाख र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षकले जनही २१ हजार तथा उदिमान खेलाडीले ११ हजार रुपैयाँ पाउने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.