• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारा लगातार तेश्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पियन


  •    संवाददाता/ आइतबार, फागुन २५, २०८१  

  • झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ ।

    योसँगै अर्जुनधारा नगरपालिका लगातार तेश्रो पटक च्याम्पियन बनेको हो । यसअघि १३ औँ  र १४औँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा अर्जुनधारा प्रथम भएको थियो । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ ।

    Advertisement

    मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छ वटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

    Advertisement

    अर्जुनधाराले एथलेटिक्समा ५, करातेमा २, तेक्वान्दोमा ४ र उसुमा ४ स्वर्ण जित्यो भने एथलेटिक्समा २, करातेमा १, तेक्वान्दोमा ३ र उसुमा ६ रजत पदक जित्यो । अर्जुनधाराले एथलेटिक्समा ३, करातेमा ४, तेक्वान्दोमा ३ र उसुमा २ पदक जितेको छ ।

    त्यस्तै १० स्वर्ण, ११ रजत र ७ कास्य पदकसहित दमक नगरपालिका दोस्रो भएको छ । दमकले एथलेटिक्समा ३, करातेमा ४ र तेक्वान्दोमा ३ स्वर्ण पदक जित्यो भने एथलेटिक्समा ६, करातेमा १ र तेक्वान्दोमा ४ रजत पदक जित्यो । दमकले एथलेटिक्समा २, करातेमा २ र तेक्वान्दोमा ३ पदक जितेको छ ।

    त्यसैगरी ८ स्वर्ण, ६ रजत र १३ कास्य पदकसहित मेचीनगर नगरपालिका तेस्रो भएको छ । मेचीनगरले एथलेटिक्समा ४ र उसुमा ४ स्वर्ण जित्यो । त्यस्तै, एथलेटिक्समा १, करातेमा २, तेक्वान्दोमा १ र उसुमा २ रजत पदक जित्यो । मेचीनगरले एथलेटिक्समा ३, करातेमा १, तेक्वन्दोमा ४ र उसुमा ५ कास्य पदक जितेको हो ।

    त्यस्तै ८ स्वर्ण, २ रजत र ७ कास्य पदक जितेको शिवसताक्षी नगरपालिका चौथो, ७ स्वर्ण, ७ रजत र १७ कास्य पदक जितेको बिर्तामोड पाँचौँ भए । प्रतियोगितामा कनकाई नगरपालिका ३ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित छैटौँ र बाह्रदशी गाउँपालिका ३ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित सातौँ भयो भने हल्दिबारी गाउँपालिका २ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित आठौँ, गौरीगञ्ज गाउँपालिका २ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित नवौँ र गौरादह नगरपालिका २ स्वर्ण, २ रजत र १ कास्य पदकसहित १० औँ भएको छ ।

    त्यसैगरी भद्रपुर नगरपालिका १ स्वर्ण, ५ रजत र ६ कास्यसहित ११ औँ र कमल गाउँपालिका १ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित १२ औँ भए । प्रतियोगितामा १ स्वर्ण, २ रजत र २ कास्य पदकसहित बुद्धशान्ति गाउँपालिका १३ औँ, १ स्वर्ण, २ रजत र १ कास्य पदकसहित झापा गाउँपालिका १४ औँ तथा १ रजत र कास्य पदकसहित कचनकवल गाउँपालिका तालिकाको अन्तिममा रहेको समितिले जनाएको छ । 

    प्रतियोगितामा छात्र र छात्रामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु विधाका खेलहरू सञ्चालन भएको थियो । प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता थियो ।

    प्रतियोगितामा विजेता खेलाडीलाई प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष विन्दिया कार्की, समितिका अध्यक्ष भण्डारी, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

    सोह्रौँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड गौरादह नगरपालिकाले आयोजना गर्ने तय भएको छ । 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.