• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राष्ट्रपति रनिङ शिल्ड खेलकुद: दोस्रो दिन अर्जुनधारा अगाडि


  •    संवाददाता/ आइतबार, फागुन २५, २०८१  

  • झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि सुरु झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी छ ।

    भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेलहरु सकिँदा एथ्लेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथ्लेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ वटा पदकसहित अग्रस्थानमा रहेको एथ्लेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए ।

    Advertisement

    प्रतियोगितामा एथ्लेटिक्स विधाअन्तर्गत दौड, सटपुट, ज्याभलिन, लङजम्प र ट्रिपलजम्पका खेल समावेश छन् । एथ्लेटिक्सतर्फ मेचीनगर नगरपालिका र दमक नगरपालिकाले समान सात पदक प्राप्त गरेका छन् भने कमल गाउँपालिकाले ६ वटा पदक हासिल गरेको छ ।

    Advertisement

    त्यस्तै शिवसताक्षीले ५, विर्तामोड र बाह्रदशीले समान ४-४, भद्रपुर र कनकाईले समान ३-३ तथा कचनकवल, गौरीगञ्ज, हल्दिबारी र झापा गाउँपालिकाले समान २-२ पदक जितेका छन् । अब एथ्लेटिक्सको केही खेल मात्र बाँकी रहेको यादवले जानकारी दिए ।

    प्रतियोगितामा भलिबल (छात्र-छात्रा), कबड्डी (छात्र-छात्रा), कराते (छात्र-छात्रा), तेक्वान्दो (छात्र-छात्रा) र उसु (छात्र-छात्रा)का खेलहरु पनि सञ्चालन भइरहेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

    प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने र र सबै विधाको अन्तिम नतिजा आइतबार नै सार्वजनिक हुने झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन कार्की ‘दुर्वासा’ले जानकारी बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.