• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुर ब्लेजर्सले चुम्यो भद्रपुर झापा गोल्डकपको उपाधि


  •    संवाददाता/ शुक्रबार, फागुन १६, २०८१  

  • आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ ।

    भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो ।

    Advertisement

    जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेतामा चित्त बुझाएको झापा ११ ले नगद ७ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।

    Advertisement

    रंगशालामा खचाखक दर्शकको उपस्थितिमा भद्रपुरले खेलको ३० औँ मिनेटमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले बललाई जाली चुमाउँदै टिमलाई १-० ले अग्रता दिलाएका थिए भने खेलको इन्ज्युरी समयमा भद्रपुरका सत्यम शर्माले गोल गर्दै टिमको जित निश्चित बनाए । अवयोमीको हेड बललाई २५ यार्डको दूरीबाट कडा प्रहार गरेर शर्माले जाली चुमाएका थिए ।

    फाइनल खेलको प्लेयर अफ म्याच भद्रपुरका विशाल दर्जी भए । उनले २१ हजार र ट्रफी पाएका छन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्ट भद्रपुरका कप्तान आशिष चापागाईं भए । उनले नगद एक लाख पाँच हजार र ट्रफी पाएका छन् ।

    उदयीमान खेलाडी भद्रपुरका राजेश शाह, उत्कृष्ट गोलकिपर भद्रपुरका टेकेन्द्र थापा, उच्च गोलकर्ता भद्रपुरका सत्यम शर्मा र बेस्ट कोच भद्रपुरका सचिन्द्र धिमाल भए । उनीहरुले जनही २५ हजार पुरस्कार र ट्रफी पाएका छन् ।

    फाइनल खेलमा टिकट लिएका भाग्यशाली दर्शकहरूमा भोजपुरका दर्शक एन्जल चर्मकारले टिभिएस राइडर मोटरसाइकल पाए भने सुनको सिक्री भद्रपुरका विक्रम बराल, ५० हजार नगद भद्रपुरका राजेशकुमार गुप्ताले पाएका छन् ।

    विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली लगायत समितिका सदस्य, पुरस्कार दाता चण्डीराज ढकाल, हेमराज ढकाल, टिकाराज ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.