झापाको मेचीनगर-८ मा अवस्थित एभरेष्ट भ्यू इङ्लिस बोर्डिङ स्कुलले म्याराथुन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
विद्यालयले आगामी फाल्गुण ६ गते म्याराथुन प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
स्थानीय धार्मिक पर्यटकीय क्षेत्र पातालगंगाबाट स्कुलको प्राङ्गण मेचीनगर–८ सम्म २.५ कि.मी.को म्याराथुन प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
Advertisement
म्याराथुन प्रतियोगितामा भाग लिनका लागि तीन समुहमा विभाजन गरिएको छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुका लागि समुह ‘क’, कक्षा ६ देखि १० सम्मका छात्राहरुका लागि समुह ‘ख’ र कक्षा ६ देखि ७ सम्मका छात्रहरुका लागि ‘ख’ र अन्य सबै विद्यार्थीहरुका लागि समुह ‘ग’ निर्धारण गरिएको विद्यालयले जनाएको छ ।







