• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिता सुरु, बिर्तामोडको शानदार सुरुवात


  •    संवाददाता/ शनिबार, माघ २६, २०८१  

  • झापाको बिर्तामोडमा आजदेखि सुरु प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा आयोजक बिर्तामोड नगरपालिकाले शानदार सुरुवात गरेको छ ।

    बिर्तामोड-३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

    Advertisement

    एकोहोरो दबाब सृजना गरेको बिर्तामोडको खेलमा सुनकला राईले ह्याट्रिकसँगै ४ गोल गरिन् भने एक गोल अन्स्रिना आङबुहाङको नाममा रह्यो ।

    Advertisement

    बिर्तामोडका लागि पहिलो गोल सुनकला राईले खेलको १०औँ मिनेटमा गरेकी थिइन् । १७ र १९ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी थिइन् भने खेलको इन्जुरी समयमा थप एक गोल गरेकी हुन् ।

    यसैगरी अन्स्रिनाले खेलको १५औँ मिनेटमा गोल गरेकी थिइन् । सुनकला प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाइन् । उनको प्रदर्शन उत्कृष्ट रहेको भन्दै बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले थप तीन हजार प्रदान गरेका थिए ।

    आइतबार अर्जुनधारा नगरपालिका र दमक नगरपालिकाबीच खेल हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद १ लाख ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।

    नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीको अध्यक्षता तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.