हिसान झापाको आयोजनामा आजबाट महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
आदर्श स्कुल अफ मेनेजमेन्टको खेल मैदानमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तरगत शुक्रबार पाँच वटा खेल सम्पन्न भएको छ ।
हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको उद्धघाटन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.३ का वडाध्यक्ष मदन बुढाथोकी रहेका थिए ।
Advertisement
हिसान झापाका सचिव देवेन्द्र हुमागाईं, कोषाध्यक्ष रञ्जित शाह, आदर्श स्कुल अफ मेनेजमेन्टका प्रमुख डाइरेक्टर संजोक खरेल , लिङ्कन मन्टेश्वरीका संचाकल सरोज पौडेल लगायतको आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन दिपक दासले गरेका थिए ।
हिसान झापाले केहीदिन अघि मात्र फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।







