• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हिसान खेल सप्ताह: पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड कलेज विजयी


  •    संवाददाता/ आइतबार, माघ १३, २०८१  

  • उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेल सप्ताह अन्तरगत पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् ।

    शनिबार भएको फुटबलको पहिलो खेलमा सगरमाथा कलेजले जेभियर्स स्कुललाई २-० को गोल अन्तरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच सगरमाथाका प्रसान्त राई घोषित भएका छन् ।

    Advertisement

    दोस्रो खेलमा कान्तिपुर कलेजले होलीचाइल्ड कलेजलाई २-० को गोल अन्तरले पराजित गरेको छ । कान्तिपुरको जित प्लेयर अफ द म्याच गौतमकुमार चौधरी घोषित भएका थिए ।

    Advertisement

    शनिबार नै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा विकेभिएम स्कलले रेडस्टार स्कुललाई ८ विकेट पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको रेड स्टारले निर्धारित १३ ओभरको खेलमा १२ ओभरमा सवै विकेट गुमाई ४६ रन बनाएको थियो । रेडस्टारका मुकेश शर्माले सर्वाधिक १३ रन बनाएका थिए ।

    विकेभिएमका शिभम यादवले ४ विकेट लिँदा प्लेयर अफ म्याच सचिन्द्रप्रसाद यादवले ३ विकेट लिए । जवाफमा ४७ रनको झिनो चुनौती पाएको विकेभिएमले ९ ओभरमा २ विकेट गुमाई लक्ष पार गरेको थियो । विकेभिएमका धिरेन्द्र खदहरीले १९ रनको योगदान दिए । रेडस्टारका सक्षम नेउपाने र रोशन थापाले १-१ विकेट लिएका थिए ।

    दोस्रो खेलमा अरनिको कलेजले शिक्षादिप कलेजलाई ९६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १सय ३० रन बनाएको थियो । अरनिकोका समिर आलमले सर्वाधिक ३२ रनको योगदान दिए ।

    शिक्षादिपका सौरभ कामत र सुदिप यादवले १-१ विकेट लिए । जवाफमा १ सय ३१ रनको चुनौती पाएको शिक्षादिपले १४ औं ओभरमा सवै विकेट गुमाई ३४ रनमा सिमित भयो । शिक्षदिपका सोरभ कामतले ११ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ म्याच नुर अहमदले ४ विकेट लिएका थिए ।

    शनिबार भएको कवडीको पहिलो खेलमा अर्किड कलेजले सिद्धार्थ स्कुललाई ५६-२४ को स्कोरले पराजित गरेको छ ।

    दोस्रो खेलमा कान्तिपुर कलेजले भानु कलेजलाई ४१-२७ को स्कोरले पराजित गरेको छ भने तेस्रो खेलमा मोडर्न एरा कलेजले शिक्षादिप कलेजलाई ५७-३० को स्कोरले पराजित गरेको छ ।

    चौथो खेलमा ग्रिनल्याण्ड कलेजले विराट क्याम्पसलाई वाक ओभरमा पराजित गरेको छ । समयमा विराट क्याम्पस मैदान प्रवेश नगरेपछि खेल ग्रिनल्याण्डले वाक ओभरमा विजयी भएको हो ।

    शनिबार भएको टेवलटेनिसका खेलहरुमा गल्र्स टीम इभेन्टतर्फ सगरमाथा कलेजले शिक्षादीप उमाविलाई ३-१ को सेट स्कोरले हराउदै फाइनल प्रवेश गर्यो । अर्को सेमिफाइनलमा अरनिको कलेजले मेरिल्याण्ड कलेजलाई ३-० को सेट स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

    त्यसैगरि ब्वाइज टीम इभेन्टतर्फ मेरिल्याण्ड कलेजले शिक्षादीप कलेजलाई ३-० को सेट स्कोरले हराउदै फाइनल प्रवेश गर्यो । अर्को सेमिफाइनलमा विकेभिएम कलेजले सगरमाथा कलेजलाई ३-१ को सेट स्कोरले पराजित गर्दै फाइनल्स प्रवेश गरेको हो

    गल्र्स सिङल्सको सेमिफाइनलमा सगरमाथा कलेजकी रुबी मेहताले शिक्षादीप कलेजकी दिव्यान्का खडकालाई ३-० सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरिन् । त्यसैगरि अर्को सेमिफाइनलमा अरनिको उमाविकी ओमकुमारी चौधरीले मेरिल्याण्ड कलेजकी प्राप्ति कार्कीलाई ३-१ को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरिन् ।

    त्यस्तै ब्वाइज सिङल्सको सेमिफाइनलमा सगरमाथा कलेजका रजतरमण दवाडीले मेरिल्याण्ड कलेजका सागरबहादुर बस्नेतलाइ ३-१ को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ भने अर्को सेमिफाइनलमा विकेभिएम कलेजका यथार्थ आचार्यले अरनिको कलेजका आयुष यादवलाई ३-० को सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरेका छन् ।

    प्रतियोगीताका सम्पूर्ण फाइनल खेलहरु आइतवार सम्पन्न गरिने जानकारी हिसान टेबल टेनिस प्रतियोगीता संयोजक मणिराज भट्टराईले जानकारी दिए ।

    भलिबलको छात्रर्फ पहिलो खेलमा कान्तिपुर कलेजले बुद्ध स्कुललाई २-१ को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच कान्तिपुरका केवल लिम्बु घोषित भएका छन् ।

    दोस्रो खेलमा मोडर्न एरा कलेजले ग्यालेक्सी कलेजलाई २-० को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच मोडर्न एराका देवराज थापा मगर घोषित भएका हुन् ।

    तेस्रो खेलमा रेड स्टार कलेजले सिद्धार्थ कलेजलाई २-० को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच रेड स्टारका सुरज राई घोषित भएका थिए ।

    चौथो खेलमा शिक्षा सन्देश कलेजले शिक्षादिप कलेजलाई २-१ को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच शिक्षासन्देशका सन्तोष खवास घोषित भएका छन् भने छात्रातर्फ रेड स्टार कलेजले अर्किड कलेजलाई २-० को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच रेडस्टारकी स्मृती राई घोषित भइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.