झापाको बिर्तामोड-३ मा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बिर्तामोडमा गत पुस ५ गतेबाट सुरु भएको शिविर अन्तर्गत आज वडा नम्बर ३ मा शिविर सञ्चालन भएको हो ।
सामाजिक विकास मन्त्रालय, बिर्तामोड नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारी र मनमोहन हस्पिटल, कन्काई हस्पिटल र दृष्टी आइ हस्पिटल, मेची आइ हस्पिटल तथा बिर्तामोड नगर हस्पिटलको प्रविधिक सहयोगमा सञ्चालित अपाङ्ग रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गतको शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणसँगै आवश्यकता पहिचान र परिचय-पत्र वितरण गरिँदै आएको छ ।
उक्त कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख नग्रेन्द्रप्रसाद संग्रौला, वडा सदस्य धनसरी राजवंशी, हरि बास्कोटा, लक्ष्मी रोक्का, वडा सचिव भिम अधिकारी र स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।







