• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिका लागि शिविर आयोजना हुने


  •    संवाददाता/ मङ्गलबार, पुष ०२, २०८१  

  • बिर्तामोडमा आगामी पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुने भएको छ ।

    करुणा फाउण्डेसनसंगको सहकार्यमा सञ्चालित अपाङ्ग‌ता रोकथाम तथा पुन: स्वापना कार्यक्रम अन्तर्गत नगरका सबै वडामा अपाङ्‌ग‌ता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परिक्षण शिविर सञ्चालन हुने भएको हो ।

    Advertisement

    नगर प्रमुख पवित्रा महतारा प्रसाईंले शिविर सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताइन । सामाजिक कार्यमा जोड दिँदै उनले जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था लगायत सामाजिक संघसंस्थाले शिविरमा सहयोग पुर्याउन बताएकी छन् ।

    Advertisement

    नगर उपप्र‌मुख नगेन्द्रप्रसाद संग्रौलाले अपाङ्गता भएका व्यक्तिहरुको लगत संकलन अझै प्रभावकारी ढंगले अगाढि बढाउनु पर्ने बताए ।

    अहिलेसम्म भएको ४३ प्रतिशत लगत संकलन कमी भएको भन्दै कुनै पनि प्रकारका अपाङ्गता भएका व्यक्ति छुट्न नहुने बताएका छन् ।

    यस शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार मात्र नभई उनीहरुको शारीरीक जटिलता र आवश्यकताको विषयमा समेत लगत संकलन हुने करुणा फाउण्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिए ।

    शिविरमा हार्डजोर्नी तथा नसा रोग, नाककान घाँटी, आँखा, फिजियोथेरापिष्ट, मेडिकल डाक्टर, मनोचिकित्सक लगायतका विशेषज्ञहरुको व्यवस्था हुने छ ।

    स्थानीय अपाङ्ग‌ता समन्वय समितिका संयोजकसमेत रहनु भएका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षता तथा नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित बैठकले १० वटा वडामा शिविर सञ्चालनको मिति तय गरेको छ ।

    तालिका अनुसार पुस ५ गते ६ नम्बर वडा कार्यालय, पुस ६ गते १ नम्बर वडा कार्यालय, ७ गते वडा नम्बर २ को वीर अमरसिंह माध्यमिक विद्यालय, ८ गते ८ नम्बर वडा कार्यालय, ९ गते वडा नम्बर ९ को शहिद लक्ष्मी प्रा.वि, १० गते वडा नम्बर १० को वडा कार्यालय, ११ गते वडा नम्बर ४ को पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय, १२ गते वडा नम्बर ५ को देवी माध्यमिक विद्यालय, १३ गते वडा नम्बर ७ को जनता प्रा.वि र १४ गते वडा नम्बर ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुने छ ।

    शिविर तयारीको विषयमा नगरपालिकामा आयोजित बैठकमा वडाध्यक्ष, कर्मचारी र करुणा फाउण्डेसनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.